२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकहजार फाँटको धानबालीमा मरुवा रोगको समस्या



अ+ अ-

गोरखा । गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो ।

पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिनुभयो ।

“किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धानबाली सुकिसकेको अवस्था छ”, उहाँले भन्नुभयो । मरुवा रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ ।

त्यस क्षेत्रमा विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातको धानबालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताउनुभयो । पालुङटार नगरपालिका वडा नं ४ र ६ मा पनि धानबालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धानखेतमा मरुवा रोग देखिएको उहाँले जानकारी दिनुभयो ।

रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धानबाली जोगाउन सकिने विश्वास गरिएको अधिकृत विष्टको भनाइ छ । “किसानले धानको बीउ खरिद गर्दादेखि नै विशेष ख्याल नपुर्याउँदा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “धानको जातले पनि मरुवा रोग लाग्ने वा नलाग्ने हुनसक्छ ।” रासस