काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ । केहीबेरअघि सम्पन्न खेलमा सिटी टोटेनहमसँग घरेलु मैदानमै ०–२ गोलले स्तब्ध बनेको हो ।
टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो । उसका लागि खेलको ३५ औं मिनेटमा ब्रेनान जोनसोनले तथा इन्जुरी समयमा जोआओ पालिन्हाले गोल गरे ।
टोटेनहमको यो लगातार दोस्रो जित हो भने सिटीले यसअघिको पहिलो खेलमा भने जित निकालेको थियो ।










