१० श्रावण २०८३, आईतवार
,
Latest
पार्टी एकता सहमतिउन्मुखः सभापति थापा साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर युवकको मृत्यु



अ+ अ-

वालिङ । जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका–१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आउनुभएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिनुभयो ।

पुतलीबजार–१ ठाडोलाइनमा डेरा गरी बस्दै आउनुभएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्‍याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्‍याङले छुँदा घाइते हुनुभएको थियो ।

निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उहाँले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताउनुभयो ।