१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन नै चोरी हुने संसद्‌मा बेकार आइएछ जस्तो लाग्छ: जनार्दन शर्मा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्‌मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले आफू अन्तरिम कालदेखि निरन्तर संसद्‌मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ भनेर आत्मग्लानी हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘म त अन्तरिम कालदेखि संसद्‌मा निरन्तर छु । पछिल्लो समय आउँदा त कानुन त चोरी हुने संसद्‌मा के बेकार आइएछ जस्तो लाग्छ आजभोलि । कानुन नै चोरी हुन्छ । अलि दिक्क लागेर होला । अलि पुरानो भएर पनि होला।’

संविधानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न नसकेको भन्दै शर्माले ले दुस्खेसो व्यक्त गर्नुभयो। आफूले किन संविधानको कार्यान्वयन गरिएन रु भनेर प्रश्न गर्दा अरु तर्सिने गरेको पनि उनले टिप्पणी गर्नुभयो ।