२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सवैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी गराउनुभएको छ । “बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो । कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ”, प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ, “बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।”

प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बित्नुभएको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताउनुभएको छ । “बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।