१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा थियो: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा थियो: परराष्ट्रमन्त्री ज्ञवाली
अ अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि मिचेर भारतले सडक बनाइरहेको कुरा सरकारलाई पहिलेदेखि नै थाहा भएको खुलासा गरेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कब्जा गरी भारतले सडक बनाएकोबारे सरकारलाई थाहा थियो कि थिएन भनेर सांसदहरूले आक्रोश पोखेपछि मन्त्री ज्ञवालीले यस्तो खुलासा गरेका हुन्। प्रतिनिधिसभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले नेपाली भूमि मिचिएकोबारे भारतसँग पटक–पटक वार्ताका लागि कूटनीतिक प्रयास भए पनि भारतका कारण वार्ता हुन नसकेको बताए। ‘निर्माण कार्यबारे सरकारलाई थाहा नहुने प्रश्नै भएन,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा समाधानबारे पटक–पटक वार्ताका लागि भारतसँग मिति प्रस्ताव गर्यौ। परराष्ट्र सचिवस्तरमा, मन्त्रीस्तरमा, त्यो भन्दा माथि पनि कुरा गर्न तयार रहेको सन्देश भारतलाई पठाएका थियौँ।’

मन्त्री ज्ञवालीले सन् २००५ देखि नेपाली भूमि भएर सडक निर्माण गर्ने निर्णय भारतले गरेको, सन् २००८ देखि निर्माण थालेको र सन् २०२० मा सडक निर्माण सम्पन्न गरेको जानकारी संसद्मा गराए।सन् २०१५ मा भारत र चीनले लिपुलेकलाई दुई देशबीचको व्यापारिक नाका बनाउने भनी सहमति गरेसँगै त्यस क्षेत्रमा सडक निर्माणले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले त्यसबेला दुवै देशलाई कूटनीतिक नोट पठाएर नेपालले असन्तुष्टि जनाएको पनि संसद्मा स्मरण गरे। लिपुलेकबारे चीन सरकारलाई पनि प्रस्ट पारिएको मन्त्री ज्ञवालीले बताए। कूटनीतिक माध्यमबाटै भारतसँगको सीमा विवाद समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दैै मन्त्री ज्ञवालीले कोरोना संक्रमण अन्त्यपछि भारतसँग वार्ता हुने विश्वास व्यक्त गरे। नेपाल–भारत संयुक्त आयोगले १ सय ८२ स्थानको सीमा विवाद समाधान गरी नक्सा बनाइसकेको र नेपालले कालापानी क्षेत्रको टुंगो नलागी ती नक्सामा हस्ताक्षर नगर्ने अडान राखेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतले सडक बनाएको भन्दै आक्रोशित सांसदहरूले भने यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए। आफ्नो सीमा मिचेर भारतले सडक खन्दा पनि बेलैमा ध्यान नदिएको भन्दै उनीहरूले सरकारप्रति असन्तुष्टि जनाए। पूर्वउपप्रधान तथा रक्षामन्त्री एवं नेकपा नेता भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेकोमा निन्दा र भत्र्सना गर्दै अन्तर्राष्ट्रिय कानुन र असल छिमेकी नीतिविपरीत भारतले नेपाली भूमि कब्जा गरेको बताए। नेपाली भूमि समेटेर नक्सा सार्वजनिक नगरेकोे भन्दै सरकारप्रति पनि असन्तुष्टि जनाए। नेकपाकै सांसद कृष्णभक्त पोखरेलले नेपाली भूमि फिर्ता गर्न भारतले नचाहे नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालत जानुपर्ने सुझाव दिए।

प्रमुख विपक्षी दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले नेपाली भूमि मिचेर भारतले सडक बनाएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने बताए। भारतको दादागिरी र चीनको अन्यायको प्रतिरोध गर्न सिंगो नेपालीलाई साथमा लिएर कांग्रेस सबैभन्दा अगाडि रहने थापाले बताए। ‘केही समयअघि रक्षामन्त्रीज्यूले यो (कालापानी र लिपुलेक) ठाउँको अवलोकन गर्नुभएको थियो के त्यो तीर्थयात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र यो बीचमा सरकारले के काम ग‍र्यो ? ’ उनले आइतबार बिहान बसेको प्रतिनिधिसभा बैठकमा भने, ‘भारतले प्रस्ट भनिसक्यो, हामीले हाम्रो भूभागमा बनाएका हौं। र, अब कोरोना संक्रमणको अवस्था सकिएपछि तपाईंहरूसँग छलफल गरौंला।’

पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले डिप्लोमेटिक नोट मात्र काफी नहुने भन्दै भारतसँग सबै उपाय अपनाउनुपर्ने बताए। राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेपालले वार्ताका लागि पहल गर्दा पनि भारतले नटेरेको भन्दै सरकारले नेपाली भूमि कब्जा गरेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताइन्। नेमकिपाका प्रेम सुवालले दक्षिण एसियामा भारतको आक्रामक र शत्रुता नीति रहेको भन्दैे नेपालले आफ्नो भूमि मिचिएको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने माग गरे। राप्रपाका सांसद राजेन्द्र लिंगदेनले सन् २०१२ देखि नै नेपाली भूमि मिचेर भारतले सडक खनिरहेको थाहा पाएर पनि सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए।

जनता समाजवादीका नेता महन्थ ठाकुरले भारतले मिचेको भूमिमा नेपालको उपस्थिति भए÷नभएकोबारे प्रश्न गरेका थिए। सांसद सरिता गिरीले भने भारतसँगको सीमा विवादलाई सरकारले नै अति राजनीतिकरण गर्न खोजेको हो कि भन्ने प्रश्न गरेकी थिइन्।

भारतीय प्रधानमन्त्री मोदीसँग संवाद गर

राष्ट्रियसभाका सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा छलफल गरेर समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्। बैठकमा सांसद रामनारायण बिडारीले भारतले सन् २००८ देखि नै सीमा क्षेत्रमा बाटो बनाएको विषय सार्वजनिक भए पनि नेपाल सरकारलाई त्यसबारे जानकारी भए÷नभएको सन्दर्भमा स्पष्ट पार्न आग्रह गरे। सांसद रमेशजंग रायमाझीले भारतले नेपालमाथि गरेको थिचोमिचोबारे संयुक्त राष्ट्रसंघलाई जानकारी गराउनुपर्नेमा जोड दिए। सांसद अनिता देवकोटाले सीमा विवाद तथा भूमि अतिक्रमणका विषयको समाधान खोज्न प्रधानमन्त्रीले तत्काल आफ्ना भारतीय समकक्षीसँग संवाद गर्न सुझाव दिए। सांसद कोमल वलीले सीमा समस्याबारे भारतसँग वार्ता हुन नसकेको अवस्थामा नेपालले यस विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने बताइन्।

परराष्ट्रमन्त्री ज्ञवालीले सीमा समस्याको कूटनीतिक समाधान खोज्न भारत सरकारसँग पहल भइरहेको बताए। सीमा अतिक्रमणको विषयलाई तत्कालै अन्तर्राष्ट्रियकरण गर्ने विषयमा सरकार नपुगेको भन्दै उनले द्विपक्षीय कूटनीतिक प्रयासबाट समस्या समाधान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए पनि राष्ट्रिय सभाका सांसदहरूले पनि अन्तर्राष्ट्रियकरण गर्न माग गरे। ‘सुगौली सन्धिमा हामीले जहाँ हस्ताक्षर ग‍र्यौ । हामीले त्यही भूमि खोजेका हौँ, हामीले बढी खोजेका होइनौँ, कोभिड–१९ को संकटको अवस्थामा भारतको यस कदमले दुःखित तुल्याएको छ’, उनले भने। मन्त्री ज्ञवालीले भारतले एकपक्षीय रूपमा सीमा हेरफेर गरेको विषय नेपाललाई मान्य नभएको समेत बताए। अन्तर्राष्ट्रिय सीमा एकतर्फी रूपमा जारी नहुने भन्दै उनले सुगौली सन्धिलाई चुनौती दिने गरी अहिले नेपाल–भारतबीच कुनै सन्धि–सम्झौता नभएको पनि प्रस्ट पारेका थिए।

राष्ट्रियसभा र प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ। अबको बैठकमा प्रि–बजेटमाथि छलफल हुनेछ। ०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि पेस भएकाले त्यसैमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ। अन्नपुर्णपोष्ट दैनिक