६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई माओवादी सांसदले भनिन्ः हात्तीसँग लड्न परे पनि तयार छौँ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद चन्दले यस्तो आग्रह गर्नुभएको हो । उहाँले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताउनु भयो । हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरु तयार रहेको उहाँको भनाइ छ । सबै राष्ट्रिय शक्तिहरु मिलेर कुटनीतिक पहल गर्नुपर्ने उहाँको भनाइ । सुदूरपश्चिमका जनतालाई धेरै समस्या परिरहेको भन्दै आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कुटनैतिक पहल तपाईंहरुको पुग्दैन भने नडराउनु होला । म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कुटनीतिक पहल नै हो ।’

सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेको बताउनु भयो ।