४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने
अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताउनुभएको छ ।

शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । उनीहरु आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाइरहेका हुन्छन् । यसले सरकारले चाहेअनुसारको नतिजा दिन सकेको छैन् ।

संघीय मामिलामन्त्री न्यौपानेले भन्नुभयो– ‘म पनि संघीय मामिला मन्त्रालयमा मन्त्री भएर आएर देखेँ । धेरैको सोचाइ भनेको हाजिर लगाउने, आफ्नो अरु थप वृत्तिविकासका लागि समय खर्चिने प्रवृत्ति देखेँ । सबै तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी नियुक्त गर्ने हो भने त काम गर्ने भन्दा बढी लोकसेवाको तयारी गरेर बस्ने, पढ्ने, रट्ने यतातिर ध्यान दिने स्थीति भयो । त्यो हुँदो नै रहेछ । त्यसैले धेरै पदमा खुल्ला प्रतिष्पर्धाबाट गर्नहुन्न ।’

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रश्ताव गरेको थियो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रश्ताव पास गरेको छ ।

प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धि व्यवस्था छ । खरिदार तहमा  आन्तरिक बढुवामार्फत मात्र नायबसुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

खरिदार तहमा खुला प्रतिष्पर्धा हुनेछन् भने खरिदार तहमा कक्षा १२ उत्तिर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायव सुब्बा पदमा खुला प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिष्पर्धाबाट सेवा प्रवेश पाइनेछ । शाखा अधिकृतमा ७० बाट घटाएर ६० प्रतिशत खुला परीक्षाबाट पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यस्तै पास भएको विद्येयकमा अब उपसचिवमा भिड्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । यस घि पाँच वर्ष पूरा भएपछि उपसचिवमा प्रतिष्प्रर्धा गर्न पाइने प्रावधान राखिएको थियो । विधेयकमा सहसचिवमा खुल्ला प्रतिस्पर्धा हटाइएको छ । अहिलेसम्म खुला प्रतिष्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।

संघीय मामिला मन्त्रालयका सचिव रविलाल पन्थले विधेयकमा खरिदार तहमा पसेका सबैलाई बढुवा गर्नेगरी नयाँ प्रावधान आएको बताउनु भयो ।

सचिव पन्थले भन्नुभयो– ‘प्रतिष्पर्धाबाट खरिदार तहमा पसेकाहरु सबैलाई नासुमा बढुवा गरिनेछ । समय अवधीमा हामीले राखेका छौं । सबै बढुवा हुन्छ । उही प्रकृतिको काम, उही पाठ्यक्रममा कर्मचारीलाई पढाउनमा मात्रै केन्द्रित हुने भएकाले नासुमा खुला नराखौं, सतप्रतिशत बढुवागरी खरिदबाट लैजान भन्ने प्रश्ताव नै हो । मन्त्रालयले सुरुमा पेश गरेको विधेयकमा भने खुल्ला राख्नुपर्छ भन्ने थियो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले यो होइन भनेपछि हामी पनि बढुवा मार्फत नासु तयार गर्ने पक्षमा पुग्यौं ।’

उहाँले नासु खुल्ला प्रतिष्पर्धाबाट छनोट गर्ने प्रश्तावलाई प्रतिनिधि सभाले पनि स्वीकारेकाले अब ब्याक हुनसक्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो ।

समिति बैठकमा सांसदहरुले कर्मचारीको वृद्धि विकास रोक्न नहुने बताउनु भयो । नेपाली काँग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले कर्मचारीले पढ्छन्, काम गर्दैनन् भनेर उनीहरुको वृद्धिविकास रोक्नु ठिक नभएको बताउनु भयो ।

सांसद पुडासैनीले भन्नुभयो–‘तल्लो स्तरको कर्मचारीको वृद्धिविकासलाई रोक्ने कुरा मलाई व्यक्तिगत रुपमा मञ्जुर छैन । कर्मचारीले पढ्छन्, काम गर्दैनन्, यस्तो पनि तर्क हुन्छ । त्यहाँका हाकीमले के गर्छन् त ? कर्मचारीलाई काम गराउन प¥यो नि ! कार्यालय समयमा काम गर्ने नियम बनाउनुप¥यो । अतिरिक्त समयमा कसैले पढेर नाम निकाल्छ भने कसैको वृद्धिविकास किन रोक्ने ?

पञ्चायतकाल नभई अहिले गणतन्त्र भएकाले कसैको वृद्धिविकासलाई कसैले रोक्न नहुने उहाँको तर्क छ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायले पनि खुला प्रतिष्पर्धालाई रोक्न नहुने बताउनु भयो । उहाँकाअनुसार कर्मचारीले काम गर्दैनन् भनेर उनीहरुको वृद्धि विकासलाई नै असर गर्नेगरी कानून बनाइनु हुँदैन ।

काँग्रेस सांसद रोकायाले भन्नुभयो–‘मैले राज्यव्यवस्था समितिका सांसदज्युहरुलाई सोधँे, आजको जमानामा पनि प्रतिष्पर्धालाई बन्द गर्न मिल्छ त भनेर ? उहाँहरुले मान्छेहरु खाली अफिस जाने, हाजिर लगाउने, लोकसेवाको तयारी मात्रै गर्ने देखियो र रोकिएको हो भन्ने तर्क दिनुभयो । नासु, खरदारमा नाम निकाल्न अप्सन हुनसक्छ, त्यसैले कसैलाई विभेद गर्न मिल्दैन् । सहसचिवमा खुला गर्ने हो भने नासु पनि खुल्ला गर्नुपर्छ । यो विभेद गर्ने कुरा हुँदैन । नियमन गर्ने कुरा गनुपर्छ । 

बैठकमा बोल्ने अन्य सांसदहरुले समेत विभेद गर्न नहुने पक्षमा जोड दिनुभएको थियो । —न्युज एजेन्सी नेपाल

 तस्बिरः गोपाल दाहाल/रासस