३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसलाई नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्‍याउँछौँः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताउनु भयो । जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने बताउनु भयो । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि एक पटक एउटा अभियान सञ्चालन गरेको थियो । मेची—महाकाली अभियान, समाजवादी जागरण अभियान । मेची—महाकाली अभियानमा सयकडौं र्काकर्ता सहभागि भएका थिए । हजारौँ जनताको साथ र समर्थन पाएका थियौँ । ठाउँ ठाउँमा पार्टी प्रवेशको लहर चलेको थियो । जुन पार्टी जनताको विश्वास गर्न चाहन्छ, उनीहरु शक्तिलाई परिचालित गरिरहेको हुन्छ । परिचालनको क्रम पालिका पालिकाभित्र हुन्छ । जिल्ला जिल्लामा पनि हुन्छ । जिल्लास्तरको अभियान सञ्चालन गरेर पालिकास्तरको अभियान सञ्चालन गरेर, प्रदेश स्तरको अभियान सञ्चालन गरेर, राष्ट्रिय स्तरको अभियान सञ्चालन गर्नुपर्छ । हामी पार्टीलाई अघि बढाउन चाहन्छौँ । यो पार्टीको भविष्य छ, यो पार्टी सानो छ भनेर कसैले कुप्रचार गर्ने काम नगरुन् । अवश्य ठूलो छ भन्नेकुरा पनि आउँदैन । तर यो पार्टीलाई हामीले सशक्त बनाउनुपर्नेछ । ठूला पार्टी बनाउनुपर्नेछ । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पु¥याउनुपर्दछ ।’

अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रुपान्तरण गर्नसकने बताउनु भयो ।