१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीआरसी र प्रिमियर उपाधि नजिक



अ+ अ-

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित ग¥यो । सीसीआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे ।
सीसीआरसीले तेश्रो र चौथो क्वाटरमा पुनारगमन गर्दै जित सुनिश्चित गर्यो । सीसीआरसीले तेश्रोमा २२–२० र चौथोमा २२–१५ स्कोर गरेको थियो । सीसीआरसी पहिलोमा १७–१९ र दोश्रोमा १८–२१ ले पछि परेको थियो ।
आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हरायो । पहिलो क्वाटरमा २७–१२ को अग्रता लिएको प्रिमियर दोश्रोमा १८–२६ ले पछि पर्यो । तेश्रो क्वाटरमा प्रिमियरले पुनः २४–१५ को अग्रता बनाउदै समग्रमा ६९–५३ ले अगाडि रह्यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २६–१९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
फाइनल शुक्रबार हुनेछ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना, रोयल स्पोर्ट्स सेन्ट्रल र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।