४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर

अर्थ मन्त्रालयमा ‘सरुवा’ आंतक, एक सातामै ८० कर्मचारीको जिम्मेवारी हेरफेर
अ+ अ-

काठमाडौं । मुलुकमा दुई ठूला दलहरुको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ ।  स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरुले पुष्टी गरेका छन् ।

पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ । एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरु पुगेका छन् । अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराउनुभएको छ । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गर्नुभएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उहाँको ठाउँमा काजीबाबु कोईरालालाई पठाइएको छ । कोईराला त्रिभूवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तान्नुभएको छ ।

मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा  अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेर्नुभएको थियो । मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाउनु भयो । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उहाँको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाउनुभएको छ । पौडेल २०८१ असार ३१ गते मन्त्री नियुक्त हुँदा विभागको महानिर्देशक ढुण्डीराज निरौला हुनुहुन्थ्यो । पौडेलले निरौलालाई एक महिनामै हटाउनुभएको थियो । निरौलालाई तत्कालिन अर्थमन्त्री वर्षमान पुनले २०८० चैत १९ गते महानिर्देशक बनाउनुभएको थियो । पौडेलले निरौलाको स्थानमा गत भदौ ६ गते हरिशरण पुडासैनीलाई महानिर्देशक बनाउनुभयो । तर पुडासैनीलाई पौडेलले ६ महिना पनि काम गर्न दिनुभएन । पुडासैनीको ठाउँमा फागुनमा भट्टराईलाई जिम्मेवारी दिइएको थियो ।

मन्त्री पौडेलका विश्वासपात्र मानिने भट्टराईको पनि ६ महिनामै सरुवा गरिएको छ । अहिले उनलाई मन्त्रालयमा तानिएको छ । भण्डारीलाई भन्सार विभागको महानिर्देशक बनाएका पौडेलले मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी टंकप्रसाद पाण्डेलाई दिनुभएको छ ।  भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाउनुभएको छ । ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक रमेश अर्याललाई पनि मन्त्री पौडेलले आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेबारी दिनुभएको छ । अर्थमन्त्री पौडेलले सहसचिव भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गर्नुभएको छ भने सहसचिव टंकनाथ लम्साललाई त्रिभूवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरेर उनको ठाउँमा सहमहालेखा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीलाई सरुवा गरिएको छ ।

त्रिभूवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमलाई ठूला करदाता कार्यालयमा सरुवा गरिएको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालय पुगेका छन् भने अर्थमन्त्री पौडेलले मन्त्रालयको बजेट महाशाखा प्रमुखको जिम्मेवारी सुमन दाहाललाई दिनुभएको छ । यसअघि यो महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाल हुनुहुन्थ्यो ।

यसरी बजेट कार्यान्वयनको शुरुवातमै कर्मचारीतन्त्रमा अस्थीरता चरम रुपमा बढ्दा कार्यान्वयनमा धक्का पुग्ने खतरा बढेको छ । बरम्बार कर्मचारी हेरफेर हुँदा सरकारले लिएका लक्ष्य भेट्न कठिन हुने र बजेट, कार्यक्रम तथा योजनाहरु कार्यान्वयनमा समेत ठूलो असर पर्नसक्ने जानकारहरुको बुझाइ छ ।

अर्थमन्त्रालयका को कर्मचारी कहाँ पुगे ?

अर्थ मन्त्रालय तथा अन्तर्गतका निकायहरुमा सहसचिवहरुको सरुवा तथा पदस्थापन विवरण
कर्मचारीको

नाम,थर

हालको निकाय/पद सरुवा तथा पदस्थापन
श्री सुमन दाहाल अर्थ मन्त्रालय

वा अन्तर्गत,

सहसचिव

अर्थ मन्त्रालय, सहसचिव

(बजेट तथा कार्यक्रम महाशाखा)

श्री टंक प्रसाद पाण्डे अर्थ मन्त्रालय

वा अन्तर्गत,

सहसचिव

अर्थ मन्त्रालय, सहसचिव

(योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा)

श्री महेश भट्टराई भन्सार विभाग,

महानिर्देशक

अर्थ मन्त्रालय, सहसचिव

(आर्थिक नीति विश्लेषण महाशाखा)

श्री श्याम प्रसाद भण्डारी अर्थ मन्त्रालय,

सहसचिव

भन्सार विभाग, महानिर्देशक
श्री टंकनाथ लम्साल अर्थ मन्त्रालय

वा अन्तर्गत,

सहसचिव

त्रिभुवन विमानस्थल भन्सार कार्यालय,

प्रमुख भन्सार प्रशासक

श्री भरत मणी पाण्डे अर्थ मन्त्रालय

वा अन्तर्गत,

सहसचिव

भन्सार विभाग,

उपमहानिर्देशक

श्री दिपक लामिछाने वीरगन्ज भन्सार कार्यालय,

प्रमुख भन्सार प्रशासक

महालेखा नियन्त्रक कार्यालय,

सहमहालेखा नियन्त्रक

श्री रमेश अर्याल ठूला करदाता कार्यालय,

प्रमुख कर प्रशासक

आन्तरिक राजस्व विभाग,

उपमहानिर्देशक

श्री जनकराज शर्मा भन्सार विभाग,

उपमहानिर्देशक

आन्तरिक राजस्व विभाग,

उपमहानिर्देशक

श्री दिलिप कुमार  गौतम त्रिभुवन विमानस्थल भन्सार कार्यालय,

प्रमुख भन्सार प्रशासक

 

ठूला करदाता कार्यालय,

प्रमुख कर प्रशासक

श्री पदम कुमार श्रेष्ठ आन्तरिक राजस्व विभाग,

उपमहानिर्देशक

मध्यमस्तरीय करदाता कार्यालय,

प्रमुख कर प्रशासक

श्री विष्णु प्रसाद ज्ञवाली महालेखा नियन्त्रक कार्यालय,

सहमहालेखा नियन्त्रक

 

वीरगन्ज भन्सार कार्यालय,

प्रमुख भन्सार प्रशासक

 

उपसचिव सरुवा

कर्मचारीको

नाम,थर

हालको निकाय/पद प्रस्तावित निकाय
विमल सापकोटा ठुला करदाता कार्यालय प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
जीवनाथ ज्ञवाली मध्यमस्तरीय करदाता कार्यालय प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
हरिश्चन्द्र ढकाल मध्यमस्तरीय करदाता कार्यालय प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
राजु प्रसाद प्याकुरेल आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वर प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
युवराज श्रेष्ठ आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
गोविन्द राज आचार्य आन्तरिक राजस्व कार्यालय, नयाँबानेश्वर प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
आशा कुमारी शाह भन्सार जाँचपास परीक्षण कार्यालय निर्देशक अर्थ मन्त्रालय
अर्जुन ढकाल अर्थ मन्त्रालय वा अन्तर्गत उपसचिव अर्थ मन्त्रालय
विश्व बन्धु पौडेल आन्तरिक राजस्व विभाग निर्देशक अर्थ मन्त्रालय
मित्रलाल अधिकारी मध्यमस्तरीय करदाता कार्यालय प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
श्याम दाहाल अर्थ मन्त्रालय वा अन्तर्गत उपसचिव अर्थ मन्त्रालय
कमला खरेल आन्तरिक राजस्व कार्यालय, टंगाल प्रमुख कर अधिकृत अर्थ मन्त्रालय
राजेन्द्र ढुङ्गाना वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत अर्थ मन्त्रालय
गगन बहादुर वि.के. आन्तरिक राजस्व कार्यालय, कोटेश्वर (महावाणिज्य दुतावास कोलकातामा सरुवाको लागि सा.प्र.मा सिफारिश गरिएको) प्रमुख कर अधिकृत अर्थ मन्त्रालय वा अन्तर्गत
गौरीशंकर उपाध्याय अर्थ मन्त्रालय उपसचिव आन्तरिक राजस्व कार्यालय कालिमाटी
मुक्ति प्रसाद श्रेष्ठ भन्सार विभाग निर्देशक आन्तरिक राजस्व कार्यालय कावासोती
अर्जुन न्यौपाने त्रि.वि. स्थल भन्सार कार्यालय उपसचिव आन्तरिक राजस्व कार्यालय कोटेश्वर
प्रेम प्रकाश शाही कर्णाली प्रदेश उपसचिव आन्तरिक राजस्व कार्यालय गल्छी
कमल लामिछाने आन्तरिक राजस्व विभाग निर्देशक आन्तरिक राजस्व कार्यालय चावहिल
सुनिल कुमार यादव अर्थ मन्त्रालय उपसचिव आन्तरिक राजस्व कार्यालय ठमेल
मुकुन्द पोखरेल सार्वजनिक ऋण व्यवस्थापन कार्यालय उपसचिव आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर
नारायण प्रसाद भण्डारी भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुख भन्सार परीक्षक आन्तरिक राजस्व कार्यालय दमौली
डिल्ली राज लेखक सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र वरिष्ठ प्रशिक्षक आन्तरिक राजस्व कार्यालय धनगढी
कर्ण प्रसाद तिमिल्सिना अर्थ मन्त्रालय वा अन्तर्गत उपसचिव आन्तरिक राजस्व कार्यालय बत्तिसपुतली
मौसम  ढुंगेल अर्थ मन्त्रालय उपसचिव आन्तरिक राजस्व कार्यालय धरान
रमेश शर्मा अर्थ मन्त्रालय उपसचिव आन्तरिक राजस्व कार्यालय नयाँवानेश्वर
शिव प्रसाद ढुंगाना आर्थिक मामिला मन्त्रालय, गण्डकी प्रदेश उपसचिव आन्तरिक राजस्व कार्यालय पोखरा
केशव कुमार उप्रेती अर्थ मन्त्रालय उपसचिव आन्तरिक राजस्व कार्यालय बिराटनगर
श्री गोपाल बहादुर थापा आन्तरिक राजस्व विभाग निर्देशक आन्तरिक राजस्व कार्यालय भद्रपुर
डम्बर बहादुर गुरुङ्ग त्रि.वि. स्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत आन्तरिक राजस्व कार्यालय, टंगाल
शिव कुमार राई त्रि.वि. स्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत आन्तरिक राजस्व कार्यालय, ल.पु.-१
यम राज पाण्डे आन्तरिक राजस्व कार्यालय, कालिमाटी प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
राजकुमार अधिकारी आन्तरिक राजस्व कार्यालय, चावहिल प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
कृष्ण चन्द्र काफ्ले आन्तरिक राजस्व कार्यालय, भद्रपुर प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
बुद्धि प्रसाद आचार्य आन्तरिक राजस्व कार्यालय, धरान प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
गणेश प्रसाद नेपाल ठुला करदाता कार्यालय प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
राम बहादुर के.सी. ठुला करदाता कार्यालय प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
बसन्तराज तिवारी मध्यमस्तरीय करदाता कार्यालय प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
शिव शर्मा आन्तरिक राजस्व कार्यालाय, पोखरा प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
खगेन्द्र वर्देवा अर्थ मन्त्रालय वा अन्तर्गत उपसचिव आन्तरिक राजस्व विभाग
ऋषिराम पोखरेल मध्यमस्तरीय करदाता कार्यालय प्रमुख कर अधिकृत आन्तरिक राजस्व विभाग
नारायण प्रसाद रेग्मी भन्सार विभाग निर्देशक ठूला करदाता कार्यालय
तीर्थ राज बराल अर्थ मन्त्रालय उपसचिव ठूला करदाता कार्यालय
सीता बर्तौला कोइराला आन्तरिक राजस्व विभाग निर्देशक ठूला करदाता कार्यालय
संगिता घिमिरे सुवेदी आन्तरिक राजस्व विभाग निर्देशक ठूला करदाता कार्यालय
अम्विका खनाल अर्थ मन्त्रालय उपसचिव ठूला करदाता कार्यालय
उषा पोखरेल चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत ठूला करदाता कार्यालय
राम प्रमोद यादव अर्थ मन्त्रालय उपसचिव ठूला करदाता कार्यालय
धन बहादुर बरुवाल सुख्खा बन्दरगाह भन्सार कार्यालय, प्रमुख भन्सार अधिकृत त्रि.वि. स्थल भन्सार कार्यालय
ललिता ज्ञवाली त्रि.वि. स्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत बीरगंज भन्सार कार्यालय(सुख्खा बन्दरगाह कार्यालय)
काजी बाबु कोइराला त्रि.वि. स्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत बीरगंज भन्सार कार्यालय
रामबहादुर कार्की आन्तरिक राजस्व कार्यालय, कावासोती प्रमुख कर अधिकृत भन्सार जाँचपास परीक्षण कार्यालय
नवराज पन्थी आन्तरिक राजस्व कार्यालय, ललितपुर-1 प्रमुख कर अधिकृत भन्सार जाँचपास परीक्षण कार्यालय
भुपाल राज शाक्य आन्तरिक राजस्व कार्यालय, विराटनगर प्रमुख कर अधिकृत भन्सार विभाग
विमला अधिकारी आन्तरिक राजस्व कार्यालय, ठमेल प्रमुख कर अधिकृत भन्सार विभाग
राजन बावु काफ्ले कन्चनपुर भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत भन्सार जाँचपास परीक्षण कार्यालय
मनोज कुमार रजक आर्थिक मामिला मन्त्रालय, सुदुरपश्चिम प्रदेश उपसचिव मध्यमस्तरीय करदाता कार्यालय
टीकाराम भुसाल अर्थ मन्त्रालय उपसचिव मध्यमस्तरीय करदाता कार्यालय
कञ्चन बस्नेत अर्थ मन्त्रालय उपसचिव मध्यमस्तरीय करदाता कार्यालय
मञ्जु अधिकारी आन्तरिक राजस्व विभाग निर्देशक मध्यमस्तरीय करदाता कार्यालय
सन्तोष न्यौपाने भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुख भन्सार परीक्षक मध्यमस्तरीय करदाता कार्यालय
ऋषिराम अधिकारी अर्थ मन्त्रालय उपसचिव मध्यमस्तरीय करदाता कार्यालय
मोहन सिंह बस्नेत आन्तरिक राजस्व कार्यलाय, धनगढी प्रमुख कर अधिकृत सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
डा. लाल बहादुर खत्री आन्तरिक राजस्व कार्यालय, दमौली प्रमुख कर अधिकृत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
इन्द्र बहादुर देवकोटा ठुला करदाता कार्यालय प्रमुख कर अधिकृत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
दयानन्द केसी अर्थ मन्त्रालय उपसचिव चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय, काठमाडौ
खेम नारायण रेग्मी मध्यमस्तरीय करदाता कार्यालय उपसचिव भन्सार जाँचपास परीक्षण कार्यालय
अमित पौडेल आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्विनी प्रदेश उपसचिव आन्तरिक राजस्व कार्यालय, वर्दिवास

स्रोत – अर्थमन्त्रालय