२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गरौँः सांसद यादव



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले शिक्षालाई राजनीतिबाट सधैँ मुक्त गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो ।

उहाँले देश र संविधान समाजवादउन्मुख हुुनपर्ने र शिक्षा पनि समाजवादउन्मुख हुन जरुरी रहेको बताउनु भयो । पुँजीवादीतिर निजीतिर शिक्षा जानु नहुने उहाँको भनाइ छ । समतामुलक समाज बनाउन पुरानो मानसिकताले काम नगर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देश र संविधान समाजवादउन्मुख हुनुपर्छ । शिक्षा पनि समाजवादउन्मुखतिर जानुपर्ने हो । पुँजीवादीतिर निजीतिर जुन गएको देखिन्छ, पूर्ण छात्रवृत्ति, गरिब जेहन्दार, अति पिछडीएकाहरुलाई जुन व्यवस्था गरिएको छ, यो गैरमुनाफा नै रहोस् । यो क्रमशः गुठीमा जानेकुरा छ, यो यथावत रहोस् । समतामुलक समाज बनाउने, कानून बनाउँदा अहिले पनि पुरानै मानसिकताले बन्यो भने यसले समाजमा सन्तुलत हुँदैन । प्रदेशहरुलाई अहिले शैक्षिक, आर्थिक क्षेत्रमा प्रदेश लेख्नुपर्ने न हो, पिछडिएको क्षेत्र भनेको । भूगोल मात्रै हेर्ने की, सबैलाई हेर्ने हो । मानव सूचकांकमा पछि पारिएका क्षेत्रलाई हेर्नुपर्छ । बोर्डको गठन हुने, प्रदेशमा सबै जाने, प्रदेशले एसईई हुने, तर बोर्डको नियुक्ति नेपाल सरकारले किन गर्छ ? कर्मचारी राख्दा हुन्छ । शिक्षा क्षेत्रलाई सधैँ राजनीति मुक्त गरौँ । शिक्षामा राजनीतिकरण भएको छ, यो अलग होस् ।’

सांसद यादवले शिक्षाको गुणस्तर वृद्धि हुनेगरी विधेयक अघि बढाइनुपर्ने बताउनु भयो ।