४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेता गिरी अध्ययनशील व्यक्ति हुन् : सभापति देउवा

नेता गिरी अध्ययनशील व्यक्ति हुन् : सभापति देउवा
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका स्व नेता प्रदीप गिरी अध्ययनशील नेता भएको बताउनुभएको छ ।

कांग्रेसका समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्व गिरी कांग्रेसमा विद्वान नेता भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “प्रदिपजीलाई मैले भारतको बनारसमा चिनेको हुँ, पछि उहाँ र म जेलमा पनि सँगै थियौँ । उहाँ धेरै पढने मान्छे । रातभरी किताब पढ्न सक्ने व्यक्ति हो ।”

दुर्भाग्यले नेता गिरी चाँडै सबैलाई छोडेर जानुभएको उल्लेख गर्दै उहाँले अन्तिम समयमा आफूले भेटेको स्मरण गर्नुभयो । सभापति देउवाले नेता गिरीले छोडेर गएका बाँकी काम सबैले मिलेर पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सभापति देउवाले जनताको मन जित्नेगरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनता भनेका सार्वभौमसत्ता सम्पन्न हुन् । जनता मालिक हुन र जनताभन्दा ठूलो कोही छैन् ।”

कतिपयले आफूलार्ई कतिपटक प्रधानमन्त्री भएको होला भन्ने गरेकोप्रति लक्षित गर्दै उहाँले जनताले भोट दिएको, पार्टीका साथीभाइले सहयोग गरेको र अन्य पार्टीका साथीले पनि सहयोग गरेका कारण आफू प्रधानमन्त्री हुँदै आएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “म शौभाग्यशाली व्यक्ति पनि हँु, सधैँ प्रत्यक्षमा निर्वाचन लडँे, जनताले भोट दिएर जिताए, कहिले पनि हारेको छैन ।”

कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेता गिरी बिपी कोइरालासँग विद्रोह गर्नसक्ने युवाका रुपमा आफूले चिनेको बताउनुभयो । उहाँले कुनै पनि सैद्धान्तिक आधार नभएका तथा उद्देश्य र गन्तव्य नभएका केही दलहरुले पछिल्लो समय पुराना पार्टी र पुरानो नेतृत्व काम लाग्दैन भन्ने भाष्य निर्माण गर्न खोजेको टिप्पणी गर्दै दलहरु कहिल्यै पुराना नहुने जिकिर गर्नुभयो ।

नेकपा (माओवादी)का उपमहासचिव वर्षमान पुनले आफूहरुले कार्लमाक्र्सका बारेमा पढाउनसक्ने क्षमता भएका नेताका रुपमा प्रदीप गिरीलाई चिनेको बताउँदै उहाँका लेख र किताबबाट आफू प्रभावित भएको स्मरण गर्नुभयो । उहाँले स्व गिरीको निष्ठा र नैतिकता अहिलेको राजनीतिमा झनै सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव डा घनश्याम भुसालले स्व नेता गिरी एसियामा माक्र्सका विचार र विचारको प्रभावका बारेमा बुझेका कमै मानिसमा पर्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो । साथै उहाँले नेता गिरी पाखण्डबिनाको सच्चा समाजवादी नेता भएको र  उहाँलाई आफूले जे बोल्यो त्यही जीवनमा आत्मसात गर्ने नेताका रुपमा आफूले चिनेको बताउनुभयो । अहिलेको राजनीतिमा नेता गिरी जस्तो नेताको खडेरी रहेको उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रेखा यादवले स्व गिरी मधेसका भावना बुझ्ने र फराकिलो राजनीतिक विचार भएका बिर्सन नसकिने नेता भएको बताउनुभयो ।

कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उहाँलाई फराकिलो र बृहत् राजनीतिक दृष्टिकोण भएका नेताका रुपमा चित्रित गर्दै नेपालको राजनीतिमा उहाँको योगदान तथा विचार सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं आयोजक स्कुल अफ डिमोक्रेसीका अध्यक्ष नैनसिंह महरले स्व नेता गिरीको सँगाल्नु भएको नैतिकताको बाटो अहिले राजनीतिमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्व नेता गिरीका धर्मपत्नी भारती सिलवालले उहाँ गान्धी, अम्बेडकर, लोहिया जस्ता राजनीतिक चिन्तकबाट प्रभावित बहुआयामिक व्यक्तित्व र दर्शनमा गहिरो ज्ञान भएको कुशल राजनीतिक चिन्तक भएको बताउनुभयो । रासस