२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ



अ+ अ-

कैलाली । विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ विश्वकर्माको मूर्ति बनाउन सुरु मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजाका दिन विश्वकर्माको पूजाआराधना गर्दै यहाँ उत्सव मनाउने प्रचलन रहेको छ ।

धनगढी उपमहानगरपालिका–२ भन्सारका मूर्तिकार महेन्द्रकुमार शाहले असोज १ गते मूर्तिको माग बढी हुने भएकाले अहिलेदेखि बनाउन थालिएको बताउनुभयो । विश्वकर्मा पूजाका लागि फरकफरक स्वरुपका कलात्मक मूर्ति बनाउन उहाँलाई  हिजोआज भ्याइनभ्याइ छ ।

माटोको मूर्ति निर्माण गर्ने, निर्मित मूर्तिलाई सिँगार्ने, रङ लगाउने, सजाउने, आकर्षक बनाउनेलगायत कार्यमा व्यस्त हुने गरेको शाहले बताउनुभयो । “पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायत क्षेत्रमा मूर्ति मा बढी हुन्छ । मूर्तिलाई प्रतिस्थापना गरेर पूजाअर्चना गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “बजार मागअनुसार आपूर्ति गर्ने उद्देश्यले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, पछि हतार गर्नुभन्दा अहिलेदेखि काम गर्द सहज हुन्छ ।”

मूर्तिकार शाहले हालसम्म १५ वटा मूर्ति निर्माण भइसकेका जनाउँदै थप मूर्ति बनाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिमूर्ति रु पाँच हजारदेखि रु १० हजारसम्ममा बिक्री हुन्छ । जसमध्ये ५० प्रतिशत फाइदा हुने उहाँको भनाइ छ ।

ग्राहकको मागअनुसार विभिन्न दररेटका मूर्ति बनाउने गरेको शाहले उल्लेख गर्नुभयो । “एउटा मूर्ति बनाउन झण्डै एक साता लाग्छ । तीन दशकदेखि मूर्तिकार पेसालाई अगाँल्दै आएको छु । विश्वकर्माको पूजा, छठ पर्व, वडादसैँलगायत चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो ।

मूर्ति निर्माणका लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायत सामग्री प्रयोग हुने शाहले जानकारी दिनुभयो । लामो समयदेखि यही पेसाबाट छोराछोरीको शिक्षादिक्षासँगै आठ जनाको परिवारको जीविकोपार्जन भइरहेको उहाँले बताउनुभयो ।

स्थानीय सरकारले कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका लागि मूर्तिकारलाई आर्थिक सहयोग, सीपमूलक तालिमलगायतको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।




भर्खरै