९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाएः सांसद विश्वकर्मा

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाएः सांसद विश्वकर्मा
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद हर्कमाया विश्कर्माले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नसक्दा आम नागरिकले दुःख पाइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयतापछि तीन पटकसम्म निर्वाचन भइसक्दा पनि स्थानीय सरकारले अधिकार पाउन नसक्नू दुःखद् भएको बताउनु भयो । उहाँले संविधानअनुसार कानून निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिल्न नसकेको उल्लेख गर्दै यसमो असर आम नागरिकमा परिरहको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देश संघीयतामा गएर तीन पटक निर्वाचन भएर पनि हहिले जनप्रतिनिधिको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ । तर संविधानअनुरुप अहिले पनि केन्द्रिय सरकारले जिम्मेवारी हस्तान्तरण नगरेर वा कानून नबनेर जनप्रतिनिधि र कर्मचारी संयन्त्रको तालमेल नमिलेर जनताले सास्ति भोगिराखेका छन् ।’

सांसद विश्कर्माले जनतासम्म सरकारी सेवाको प्रभावकारी पहुँच सुनिश्चित गर्न जिम्मेवारी हस्तान्तरण र कानून निर्माणको प्रक्रिया छिटो गर्न आवश्यक रहेको बताउनु भयो ।