१३ श्रावण २०८३, बुधबार
,
Latest
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मिनी स्केट म्याराथन हुने



अ+ अ-

काठमाडौँ। द स्केट ल्यान्डको आयोजना तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता हुने भएको छ ।

काठमाडौँ सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता पाँच किलोमिटरको दूरीमा रहने छ ।

प्रतियोगितामा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (दुबई) का गरी दुई सय खेलाडीले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिनुभययो ।

उहाँले नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको बताउनुभयो । प्रतियोगितामा स्वर्ण विजेताले रु ५० हजारसहित स्केट सुज, सेफ्टी गियर, रजतपदक प्राप्त गर्नेले ३० हजारसहित स्केट सुज र काश्यपदक प्राप्त गर्नेले रु १५ हजारसहित सेफ्टी गियर प्राप्त गर्नेछन् ।

नेपालमा हाल सञ्चालनमा रहेका तीन सयभन्दा बढी स्केटपार्कमा रहेका उत्कृष्ट खेलाडी तथा भारतबाट ५०भन्दा बढी खेलाडी प्रतिस्पधाका लागि आउने बताइएको छ ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रूप लिन कोशेढुङ्गा सावित हुने बताउनुभयो । रासस