६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता सकारात्मक, पुटिनसहितको त्रिपक्षीय वार्ताको तयारी

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता सकारात्मक, पुटिनसहितको त्रिपक्षीय वार्ताको तयारी
तस्बिर : एपी
अ+ अ-

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको वार्ता सकरात्मक भएको छ ।

२०२२ फेब्रुवरीदेखि जारी रुस–युक्रेन युद्धविरामका लागि अमेरिकाको ह्वाइट हाउसमा भएको वार्ता सकारात्मक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै भने, ‘हामी सबै युद्ध अन्त्य गर्न चाहन्छौं र रुसलाई रोक्न चाहन्छौं । सुरक्षाको ग्यारेन्टीबारे अझै छलफल हुनेछ । अमेरिकाबाट आएको सशक्त सन्देशले हामीलाई ठूलो भरोसा दिएको छ । यो ट्रम्पसँगको अहिलेसम्मको उत्कृष्ट वार्ता हो।’ उनले त्रिपक्षीय बैठकका लागि युक्रेन तयार रहेको पनि बताएका छन् ।

ट्रम्पले पनि उनीसँगको भेट सफल रहेको बताए । उनले भेटपछि पत्रकाहरूसँग भने– ‘हामी अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय बैठक गर्ने प्रयासमा छौं । रुसले पनि सुरक्षा ग्यारेन्टी स्वीकार गर्ने संकेत गरेको छ । हामीले अब के गर्ने भन्नेबारे विचार गर्नुपर्छ ।’

तस्बिर : एपी

उनले थपे, ‘युक्रेनमाथि भएको आक्रमण रोक्ने सन्दर्भमा सामूहिक रूपमा आशावादी छौं। क्षेत्रीय वार्ताको सम्भावनाबारे पनि छलफल गर्नुपर्ने देखिन्छ । मलाई लाग्छ, आजै कुनै निष्कर्षमा पुग्न सकिन्छ ।’

जेलेन्स्कीसँगको वार्ता सक्किएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूसँग वार्ता अघि बढाएका छन् । नेताहरू ठूलो गोलमेच वरिपरि बसेर आ–आफ्नो धारणा राखेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बैठकमा सहभागी सबै नेताले युद्ध रोक्नुपर्नेमा जोड दिएका छन् ।

नेटोका महासचिव मार्क रुट्टेले भने, ‘हामीले यो हत्या रोक्नुपर्छ । हामीले युक्रेनको पूर्वाधारमाथि भइरहेको विनाश रोक्नुपर्छ । यो भयानक युद्ध हो ।’ उनले ट्रम्पलाई वार्ताका लागि धन्यवाद पनि दिएका छन् ।

तस्बिर : एपी

त्यस्तै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले पनि युद्द रोक्नुपर्ने बताइन् । उनले ट्रम्पसँग भनिन्, ‘हामी यहाँ तपाईंसँगै न्यायपूर्ण र दिगो शान्तिका लागि काम गर्न आएका हौं, ताकि हत्या रोकियोस् । प्रत्येक बच्चा आफ्नो परिवारमा फर्किनुपर्छ ।’

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि अर्को बैठकमा युद्धविरामको अपेक्षा गरेका छन् । ‘म अर्को बैठक युद्धविरामबिनै हुने कुरा कल्पना गर्न सक्दिनँ,’ उनले भने, ‘त्यसैले हामीले यसमा काम गर्नुपर्छ र रुसमाथि दबाब बढाउनुपर्छ ।’

त्यस्तै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शान्तिको पूर्वसर्त सुरक्षा ग्यारेन्टी भएको उल्लेख गर्दै भनिन्, ‘यसरी युद्ध दोहोरिन नदिने सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्नेछौं।’

तस्बिर : एपी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले त्रिपक्षीय बैठकलाई आवश्यक बताएका छन् । ‘हामीले विगत केही वर्षयता बलियो र दिगो शान्ति ल्याउन धेरै मिहिनेत गरेका छौं,’ उनले भने, ‘यही कारण यो बैठक मात्र समाधानको बाटो हो ।’

यता बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो युद्धले ब्रिटेनमा पनि समस्या परेको भन्दै समाधानका लागि पहल गर्नुपर्ने मत राखे । उनले भने, ‘यो केवल युक्रेनको मात्र होइन, युरोप र बेलायतकै सुरक्षाको प्रश्न हो । त्यसैले यो विषय अत्यन्तै महत्त्वपूर्ण छ ।’

ट्रम र जेलेन्स्कीको वार्तापछि भएको युरोपेली नेताहरुसँगको वार्ताले केही आशा दिलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत अगस्ट १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता असफल भएपछि डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई वार्ताका लागि ह्वाइट हाउमा निम्तो दिएका थिए ।

तस्बिर : एपी

तस्बिर : एपी