१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै

कोरोना संक्रमणको त्रास चुलियो, भारतबाट धमाधम नेपाली आउँदै
अ अ+ अ-

धनगढी । भारतबाट आउने नेपालीको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमण फैलने सम्भावना र त्रास चुलिएको छ । बाँकेमा भारतबाट फर्किएका आठ जनामा शुक्रबार कोरोना भएको पुष्टि भयो । त्यस्तै भारतबाट फर्किएर नेपालगन्ज सीमानजिकै दसगजा क्वारेन्टिनमा बसेका तीन जनाको आरडिटी परीक्षण गर्दा कोरोना पोजिटिभ आएको छ ।

पछिल्लो साता भारतबाट फर्केर आउने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट आएका नेपाली नागरिकलाई स्थानीय प्रशासनले दसगजानजिकै क्वारेन्टिनमा राख्ने गरेको छ । तर भारतबाट आउनेको संख्या एक्कासि बढेसँगै व्यवस्थापनमा चुनौती देखिएको छ । भारतबाट आउने नेपालीलाई उचित व्यवस्थापन गर्न नसके नेपालमा कोरोना संक्रमण थप बढ्ने निश्चित छ, यसले सीमाक्षेत्रका स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा भएको पुष्टि भएको छ ।

भारतबाट आउने नेपाली राख्न स्थानीय निकायको बजेटले थेक्न नसक्ने बताउँछन् नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल । ‘भारतबाट आउनेको संख्या बढिरहेको छ । संक्रमण फैलिने सम्भावना बढेसँगै व्यवस्थापनमा समस्या भइरहेको छ,’ रिजाल भन्छन्, ‘उनीहरूलाई केही दिन क्वारेन्टिनमा राखेर परीक्षण गरेपछि सम्बन्धित स्थानीय निकायमा पठाउने गरेका छौं । तर भारतबाट अवैध रूपमा आउनेको संख्या पनि बढ्दो छ । यसले थप समस्या देखिएको छ ।’

नाका हुँदै बाँकेको नरैनापुर गाउँपालिकाका करिब पाँच सय स्थानीय आइपुगेका छन् । उनीहरूलाई अहिले स्थानीय प्रशासनले क्वारेन्टिनमा राखेर परीक्षण गरिरहेको छ । भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका आठ जनामा कोरोना पुष्टि भएसँगै स्थानीय निकायलाई थप चुनौती देखिएको छ । 

पछिल्लो साता बाँकेको जमुनाह नाकाहुँदै पछिल्लो साता करिब एक हजार नेपाली स्वदेश भित्रिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भारतबाट आएका चार सय ६६ जनाको आरडिटी परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरू कालिकोट, सुर्खेत र नुवाकोटका हुन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला भारतबाट आएका नेपालीमा पनि कोरोना संक्रमण देखिएपछि थप सचेत हुनुपर्ने बताउँछन् फोकल पर्सन श्रेष्ठ ।  भारतबाट आइरहेको नेपालीलाई व्यवस्थापन गर्न नसके थप समस्या आइपर्ने बताउँछिन् नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर ।

उनले भनिन्, ‘नेपालगन्ज भारतीय सिमानासँग जोडिएको छ । यसले नेपालगन्ज सधैं उच्च जोखिममा रहँदै आएको छ । भारतबाट आइरहेका नेपालीलाई परीक्षण गरेर सम्बन्धित जिल्ला पठाउन हामीले प्रयास गरिरहेको छौं । तर भारतबाट आउनेको संख्या बढिरहेकाले व्यवस्थापन गर्न कठिन भइरहेको छ ।

बाँकेमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार आठ जनामा भाइरस संक्रमित भएको पुष्टि भएसँगै बाँकेमा ३३ जना संक्रमित पुगेका छन् । शुक्रबार संक्रमित पुष्टि भएका आठ जना नरैनापुर गाउँपालिकाका हुन् । उनीहरू सबै भारतबाट फर्किएका थिए । नरैनापुर भारतीय सिमानासँग जोडिएको गाउँपालिका हो, जहाँ सुरक्षाकर्मीलाई छलेर चोरबाटो हुँदै आउनेको संख्या धेरै छ ।

बाँकेको नरैनापुरमात्र होइन, भारतीय सीमासँग जोडिएका बाँके, बर्दिया, दाङ, रूपन्देही, कैलाली, कञ्चनपुरलगायत जिल्लामा भारतबाट घर फर्कने नेपालीको संख्या बढिरहेको छ । हरेक दिन भारतबाट फर्किरहेका नेपालीको भिड दसगजामा बढ्दो क्रममा छ ।

पुरनबहादुर सेन ठकुरीसँगै बिहीबार राति आठ बजे चार सय ६६ जना नेपाली भारतबाट दसगजा क्षेत्रमा आइपुगेका थिए । भारतको नानपारा र उत्तरप्रदेशका विभिन्न स्थानमा क्वारेन्टिनमा बसेका नेपालीलाई भारतीय प्रहरीले राति दसगजामा ल्याएर छोडेको थियो । अबेर राति नेपाल प्रवेश गरेका ठकुरीले नेपाली दूतावास, स्थानीय प्रशासनले आफूलाई अपमानित गरेको दुखेसो पोखे । 

भारतको बहराइच आइपुगेपछि बाँकेका सहायक सिडियोलाई फोन गरेको ठकुरीले बाँके प्रशासनले वास्ता नगरेको बताए । उनले भने, ‘मैले भारतमा हुँदा दूतावासका प्रतिनिधिलाई फोन गरे । उनले फोन नै उठाउन छोडे । हटलाइनमा फोन गर्दा उठ्दैन । हामीलाई भारतीय प्रहरीले गर्ने व्यवहार राम्रो छैन । नेपाली प्रशासनले पनि मानवीय व्यवहार गरेको छैन । दसगजामा शुद्ध पिउने पानीसमेत खाना पाएको छैनौं ।’

लकडाउन कारण भारतमा नेपालीहरूले आत्महत्यासमेत गर्ने गरेको ठकुरीले नागरिकलाई बताए । उनले भने, ‘नेपाली भनेपछि भारत सरकारले दिने सुविधा पनि पाइँदैन । भारतमा काम गर्न गएका नेपाली खाना नपाएर मर्नुपर्ने अवस्था आइसकेको छ ।’

भारतका विभिन्न ठाउँबाट धमाधम नेपाली आउँदै
धनगढी – भारतमा विभिन्न राज्यमा रेल तथा सवारीसाधन सञ्चालन भएपछि त्यहाँ अलपत्र परेका नेपाली मजदुर सीमामा आउन थालेका छन् । मुम्बई, उत्तरप्रदेशलगायत राज्यबाट मजदुरहरू धनगढीका सीमामा आउने क्रम सुरु भएको छ । 

सीमामा प्रत्येक दिन नेपाली मजदुरको संख्या बाक्लिँदै गएको छ । सीमापारि क्वारेन्टिनमा बसेका लगायतका मजदुरलाई शुक्रबार धनगढीको त्रिनगर नाकामा प्रवेश गर्न दिइएको छ । उनीहरूको नाकामै आरडिटी अर्थात् र्यापिड टेस्ट भइरहेको छ । शुक्रबार साँझसम्म भारतबाट नेपालीहरू नेपाल आउने क्रम जारी छ ।

सीमामा रहेका करिब चार सय मजदुरलाई प्रवेश गराउन लागिएको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । ¥यापिड टेस्ट गरेर प्रवेश गराइन लागेकोले समय लागिरहेको छ । प्रवेश गरेकालाई नवदुर्गा माध्यमिक विद्यालयमा राखिएको छ ।

डेढ महिनादेखि पलियामा एक सय २० जना नेपाली क्वारेन्टिनमा बसेका थिए । १५ दिनअघि पलिया क्वारेन्टिनमा बस्नेको संख्या एक सय ६४ थियो । भारतका केही राज्यले लकडाउन खुकुलो गर्दैै रेल, यातायात सञ्चालन गरेपछि प्रत्येक दिन क्वारेन्टिनमा संख्या थपिँदै गएको थियो ।

क्वारेन्टिनमा रहेका करिब तीन सय र क्वारेन्टिनबाहिर जम्मा भएका अन्य गरेर करिब चार सय जनालाई शुक्रबार धनगढी प्रवेश गराइएको नायब उपरीक्षक बस्नेतले बताए । भारतबाट आएका सबैको र्यापिड टेस्ट गरिएको छ । उनीहरू  सबैलाई क्वारेन्टिनमा राखिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताए ।

यता, भारतमा अलपत्र परेका नेपाली मजदुर प्रवेश गर्न पाएकोमा खुसी छन् । ‘होटलमा काम गर्थें, होटल बन्द भएपछि उत्तरप्रदेशको साहाजपुरबाट दुई दिन हिँडेर पलिया आइपुगें । पलियामा १५ दिन क्वारेन्टिनमा बसेको थिएँ, त्यहाँ कोचाकोच गरेर समूहमा बस्दा डर लागेको थियो, ‘डडेल्धुराका दिपक ऐरले भने, ‘आफ्नो देशमा प्रवेश गर्न पाउँदा खुसी लागेको छ।’ 

कैलाली, चौमला घर भएका रामफल चौधरीले ढिलो भए पनि आफ्नो घर आउन सीमामा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए । भारतमा तनाव र दुःखका बीच दिन काट्नुपरेको उल्लेख गर्दै नेपालमा क्वारेन्टिनमा बस्न तयार रहेको पनि उनले बताए ।

डेढ महिनाअघि आएका र पछिल्लो समयमा आएका नेपालीलाई पनि सँगै मिलाएर क्वारेन्टिनमा राखिएको छ । र क्वारेन्टिनमा नराखिएकालाई पनि हुलमा प्रवेश गराउँदा जोखिम बढेकाले क्वारेन्टिनमा राख्न सरोकारवालाले सुझाएका छन् ।

‘भारतमा व्यापक रूपमा कोरोनाको संक्रमण फैलिएको छ । हिजोआज नै भारतका विभिन्न ठाउँबाट समूहमा यात्रा गरेर आएकाहरूलाई संक्रमणको जोखिम हुन सक्छ,’ वरिष्ठ फिजिसियन शुभेषराज कायस्थ भन्छन, ‘र्यापिड–टेस्टकै आधारमा भाइरसको संक्रमण थाहा नहुने भएकाले उनीहरूलाई क्वारेन्टिनमा राखेर निगरानी नगरेमा उच्च जोखिम हुन सक्छ ।’

‘अलपत्र नेपालीलाई प्रवेश देऊ’
काठमाडौं – नेपाली कांग्रेसले सीमाक्षेत्रमा अलपत्र परेका नेपालीलाई तत्काल मुलुक प्रवेशको व्यवस्था मिलाउन माग गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा शुक्रबार जारी विज्ञप्तिमा कयौं नेपाली कयौं दिनदेखि भारतसँगको विभिन्न सीमानाकामा अलपत्र परेकाले उनीहरूलाई स्वदेश प्रवेश गर्ने व्यवस्था मिलाएर सरकारको दायित्व निर्वाह गर्न आग्रह गरिएको छ । 

पछिल्लो चौबीस घण्टामा थप हजारौं नेपाली सीमाक्षेत्रमा आइपुगेको जनाउँदै उसले भनेको छ, ‘भारत सरकारले रेल र बसमार्फत यात्राको सुविधा दिएपछि भारतका विभिन्न सहरबाट नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरू अलपत्र स्थितिमा छन् ।’

जोखिमरहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरता साथ पहल नगर्ने हो भने एकातर्फ खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनपर्ने अवस्था आउने कांग्रेसले जनाएको छ । ‘लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ,’ कांग्रेसले भनेको छ, ‘अतः नाकामा आइपुगेका नेपालीलाई व्यवस्थित ढंगले प्रवेश गराउन तथा क्वारेन्टाइनमा कडाइका साथ राखेर परीक्षणपश्चात् सुरक्षित रूपमा घर पु¥याउने प्रबन्ध गर्न सरकारलाई आग्रह गर्छ ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।