१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

‘नीति तथा कार्यक्रम नीतिविहीन’

‘नीति तथा कार्यक्रम नीतिविहीन’
अ अ+ अ-

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले समेट्नुपर्ने विषयलाई नसमेटेको बताए । 

उनले पूर्ववत् कार्यक्रमलाई निरन्तरता दिएको टिप्पणी गरे । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए । ‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ,’ संसद् भवनबाट बाहिरने क्रममा छाटो प्रतिक्रिया दिँदै दाहालले भने, ‘मलाई लाग्छ, यो कार्यान्वयन गर्न सकियो भने  यसले राम्रै गति लिन्छ ।’ 

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको आरोप लगाए । ‘यो नीति तथा कार्यक्रमले आशा जगाउने काम गर्न सकेन । विगतका कामको निरन्तरता छ,’ उनले संसद् भवन परिसरमा पत्रकारहरूसँग भने, ‘कोरोनापछि बेरोजगारी समस्या समाधान गर्ने खालका कार्यक्रम आउन सकेन ।’

कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई अनावश्यक कुरा राखेर लामो बनाइएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले प्राथमिकता गुमाएर बनेको नीतिले यो संकटबाट मुलुकलाई बाहिर निकाल्न सक्दैन । नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाबाट जोगिने ठोस कार्यक्रम आउन नसक्नु दुखद् भएको उनको भनाइ छ । 

रिजालका अनुसार नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई तल जान नदिन तत्कालका लागि के गर्ने हो, त्यो समेत आउन सकेन । मन्त्रालयहरूले पाँच महिना पहिले नै बनाएका कार्यक्रममा कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रममा ल्याइयो । 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम निकै लामो भएको बताए । उनले भने ‘यति लामो आवश्यक थिएन छोट्याउनु पथ्र्यो ।’ उनले शिक्षा, कृषि, स्वास्थको क्षेत्रमा केही कुरा नीति तथा कार्यक्रमले गरेको बताए । अब बजेट ल्याउँदा प्राथमिकता कसरी आउँछन् पैसा कसरी छुट्टिन्छ, त्यसपछि मात्रै विश्लेषण गर्न सकिने उनको भनाइ छ ।

कांग्रेस नेता शशांक कोइरालाले कोरोना भाइरसमा मात्र केन्द्रित गर्नुपर्नेमा अन्य कुरातर्फ कार्यक्रम गएको बताए । कांग्रेस नेता प्रदीप गिरीले कोरोना भाइरस केन्द्रित कार्यक्रम हुनु पर्नेमा पुरानै कुरा दोहोर्याइएको बताए । पूर्वमन्त्री तथा नेकपाका सांसद गोकर्ण विष्टका अनुसार सरकारको नीति तथा कार्यान्वयमा धेरै कार्यक्रम पारेर कार्यान्वयनमा गोलमोटोल हुने अवस्था सिर्जना भएको छ ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।