१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

सीमापारि हजारौं अलपत्र, आठ सयमात्रै ल्याउने तयारी

सीमापारि हजारौं अलपत्र, आठ सयमात्रै ल्याउने तयारी
अ अ+ अ-

विराटनगर । लकडाउनका कारण सीमापारि भारतीय भूमिमा रोकिएका नेपालीलाई स्वदेश भिœयाउने तयारी चलिरहँदा प्रदेश १ मा प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव देखिएको छ ।  

संघीयताको अभ्यास भएको सुरुदेखि नै समन्वय अभाव देखिएको प्रदेश र स्थानीय सरकारबीचको यो सिलसिला विपत्मा पनि जारी छ । प्रदेश १ को  सीमापारि भारतीय नाकामा रोकिएर अलपत्र परेको हजारौं नेपाली नेपाल पस्ने अनुमतिको पर्खाइमा रहेको दाबी स्थानीय सरकारहरूको छ । तर प्रदेश सरकार भने ८ सय २३ जनालाई मात्र ‘उद्धार गरेर’ ल्याउने तयारीमा छ । सीमापारि रोकिएका नेपालीको संख्या निश्चित नहुँदा व्यवस्थापनमा समस्या देखिने निश्चित छ ।  

समन्वय अभावको अर्को दृष्टान्त झापामा देखिएको छ । प्रदेश सरकार र जिल्ला समन्वय समितिले सीमापारि रोकिएका नेपालीलाई ल्याउने निर्णय गरेपछि केही स्थानीय तहले उनीहरुलाई ‘राख्न नसकिने’ भन्दै लाचारी दर्शाएका छन् । यस्तो भद्रगोलमा कति नेपाली भित्रिनेछन् र उनीहरुको व्यवस्थापन कसरी हुनेछ भन्ने अन्योल चुलिएको छ ।  

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भारतको पानीट्यांकीलगायत विभिन्न स्थानमा रोकिएका ८ सय २३ नेपालीको उद्धार गर्ने तयारी भइरहेको जानकारी दिए । सीमामा रोकिएकाको संख्या निश्चित नहुँदा पनि समस्या भएको उनले बताए ।  भारतमा रेलसेवा सञ्चालनमा आएपछि नेपाल भित्रिने मानिसको संख्या ह्वात्तै बढ्ने अनुमान प्रदेश सरकारको  छ । मन्त्री कार्कीका अनुसार  २० हजार मानिस भारतबाट आउने अनुमानसहित व्यवस्थापनका विषयमा प्रदेश सरकारले पूर्वाधार तयार पार्ने काम गरिरहेको छ । भारतबाट  नेपाल आउनेलाई प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाइन र स्थानीय पालिकाहरूमा भएका क्वारेन्टाइनमा राखिने मन्त्री कार्कीले बताए । भारतबाट भित्रिनेलाई सीमाक्षेत्र नजिकै ‘होल्डिङ एरिया’ तोकेर सम्भव भएसम्म कोरोना संक्रमण भएनभएको पत्ता लगाउन नमुना परीक्षण गरिने जानकारी मन्त्री कार्कीले दिए । किट अभावका कारण नमुना परीक्षण गर्न सम्भव नभए सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा पठाउने र शकास्पदलाई अस्पताल भर्ना गर्ने प्रदेश सरकारको तयारी छ ।  

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जिल्लाको सीमावर्ती भारतको जोगवनीमा १ सय २५ नेपाली रोकिएको भन्ने जानकारी आएकाले ल्याउन भारत सरकारसँग समन्वय भइरहेको जानकारी दिए । केशरीका अनुसार भारतबाट आउने लाई राख्न विराटनगरस्थित डिएभी स्कुल र गौतमबुद्ध स्कुललाई ‘होल्डिङ एरिया’ का रुपमा प्रयोग गर्ने तयारी छ । डिएभी स्कुलमा ‘होल्डिङ एरिया’ तयार भइसकेको र गौतम स्कुलमा तयार पार्ने काम भइरहेको छ । विराटनगरमा भारतबाट आउनेलाई राख्न १८ वटा विद्यालय तथा क्याम्पसलाई छनोट गरिएको केशरीले बताए । ‘हाललाई ५ सय मानिस अट्ने होल्डिङ एरिया तयार पारिएको छ,’ उनले भने, ‘आवश्यक परे थप मानिस राख्ने व्यवस्था पनि गरिनेछ ।’  

नेपालबाट भारत जान चाहने भारतीयलाई पनि पठाइने भएको छ । लकडाउनका कारण नेपालतर्फ अड्किएका ६८ जनाको नाम भारतीय दूतावासमा पठाइसकिएको केशरीले बताए ।  

स्थानीय तहले भने  ‘राख्न सक्दैनौं ’

झापाका स्थानीय तहले भारतबाट ल्याउने नेपालीलाई राख्न नसक्ने बताएका छन् । पर्याप्त पूर्वाधार र परीक्षण किटको अभावसँगै स्थानीयवासीको विरोध हुने सम्भावनाका कारण उनीहरूले राख्न अस्वीकार गरेका हुन् । गाउँपालिका महासंघकी उपाध्यक्ष तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भारतबाट फर्कनेलाई तत्काल राख्न सक्ने अवस्था नभएको बताइन् । ‘बरु हामी उनीहरूलाई गन्तव्इमा पुग्ने यातायातको प्रबन्ध गरिदिन सक्छौं तर स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्न सक्ने अवस्थामा छैनौं, उनले भनिन्, ‘सम्बन्धित स्थानीय तहमा पठाऔं, फेरि प्रदेश १ का धेरै कम नागरिक मात्रै फर्कने देखिएको छ ।’

सीमापारि पानीट्ंयाकीमा मात्रै अहिले एक हजार ५ सय नेपाली रहेको तथ्यांक जिल्लास्तरीय समितिसँग छ ।  

जिल्ला स्तरीय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सीमापारि अलपत्र नेपालीलाई ल्याउन सरकारसँग अनुमति माग गरिएको बताए । उनले यसरी ल्याइनेलाई स्थानीय तहको क्वारेन्टाइनमा राख्ने तयारी थालिएको र त्यसका लागि छलफल भइसकेको बताए । ‘अन्तिम छलफल आइतबार हुनेछ, भारतबाट ल्याइएका सबैलाई झापाकै क्वारेन्टाइनमा राख्ने तयारी छ,’ उनले भने, ‘उनीहरूलाई राख्न अहिले जिल्लामा भएका क्वारेन्टाइन मात्र नभई विद्यालय भवनलाई समेत प्रयोग गर्न सकिनेछ ।’  

अहिले झापाका २६ वटा क्वारेन्टाइनको क्षमता ८ सय ९२ जना बस्न सक्ने छ । त्यस्तै जिल्ला स्तरका १ सय ७० वटा क्वारेन्टाइन छन् । ती सबै क्वारेन्टाइनमा अहिले भारतबाट आउने भनिएका नागरिक अट्ने अवस्था छैन् । भएका क्वारेन्टाइनमा समेत पूर्वाधारको अभाव छ ।  

पोर्तेलका अनुसार भारतमा आवतजावत् खुकुलो भएसँगै यता आउने नागरिकको संख्या २५ हजार हुने सम्भावना छ । ‘त्यसका लागि मोरङ र सुनसरीका स्थानीय तहसँग पनि समन्वय गर्दैछौं,’ उनले भने, ‘त्यसो हुदाँ सबै स्थानीय तहले राख्न सक्ने अवस्था रहनेछ ।  

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका नेपाली पनि स्वदेश फर्किने तयारीमा छन् । दार्जिलिङ, मिरिक, कालिपम्पोङ, सिक्किमलगायत क्षेत्रमा रहेका ५ हजार हाराहारी नेपाली पशुपतिनगर नाका र आसपासबाट नेपाल छिर्ने ‘मौका’ को पखाईमा छन् । तीमध्ये ६० देखि ७० जना पशुपतिनगरनजिकै रहेको भारतीय सीमा काटेर आउने समय कुरेर बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता नै ८÷१० युवा रातिको समय पारेर सुरक्षाकर्मीको आँखा छल्दै भित्रिएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको प्रशासनको भनाइ छ । इलाममात्र नभई दोलखालगायत जिल्लाबाट हजारौं युवा मौसमी काम गर्न भारत गएका छन् । उनीहरू वर्षमा ८ महिना उता काम गरेर अरू समय घर फर्किने गरेका छन् ।  

इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले ५ हजार हाराहारी युवा पशुपतिनगरलगायत नाकाबाट भित्रिने अनुमान गरिएको बताए । ‘भारतका विभिन्न स्थानमा काम गर्न गएका युवा भारतमा लकडाउन खुकुलो हुनेबित्तिकै नेपाल आउन तयार भएर बसेका छन्,’ उनले भने, ‘सम्बन्धित जिल्लाका जनप्रतिनिधिसमेतले आफ्ना युवा यहाँबाट भिœयाउन हामीमार्फत् प्रयत्न गरिरहेका छन् ।’  

दार्जिलिङमा काम गर्न गएका दोलखाका करिब ७० युवा ४ घण्टा पैदल हिँडेर पशुपतिनगर नाकानजिकै आए पनि उनीहरूलाई सम्झाएर उतै फर्काएको प्रजिअ सेढाईंले बताए । ‘अहिले नाकामै आएर त कोही थुप्रिएका छैनन् तर लकडाउन खुकुलो हुनेबित्तिकै आउन चाहने युवाले बारम्बार हामीसँग सम्पर्क गरिरहेका छन् ।’  

सीमा कटेर आउनसक्ने युवालाई लक्षित गरी नाकामा सुरक्षा व्यवस्था बलियो बनाइएको छ । अहिले इलामसँग भारतको सीमा जोडिएको साढे ५२ किलोमिटर भू–भागमा सशस्त्र प्रहरी बलका १६ र नेपाल प्रहरीका १२ इकाई रहेको प्रशासनले जनाएको छ । ‘नाकाबाट आउनसक्ने युवालाई ध्यानमा राखेर जिल्लामा थप २ हजार जना अटाउने क्वारेन्टाइन तयार गरिँदैछ,’ प्रजिअ सेढाईंले भने, ‘५ गतेभित्र यी क्वारेन्टाइन तयार गर्ने लक्ष्य छ ।’  

चैत ११ मा लकडाउन सुरु भएयता पूर्वी सीमाबाट सयौं युवा घर फर्किएका छन् । खुला सीमामा सुरक्षाकर्मी पनि नभएको मौका पारेर इलामका मानेभञ्ज्याङ, पशुपतिनगर, इरौंटार, छब्बिसे, गुफापाताल, हिलेलगायत नाकाबाट नेपाली युवा भित्रिएपछि स्थानीयमा समेत त्रास बढेको थियो । तर, उनीहरू भित्रिएको करिब तीन साताभन्दा बढी बितेकाले कोरोना भाइरसको जोखिम केही कम भएको आकलन स्थानीयको छ । ‘अहिलेचाहिँ नाकाहरूबाट लुकेर कोही छिरेको छैन,’ प्रअिज सेढाईंले भने ।

लुकेर पस्ने क्रम रोकिएन  

भारतबाट दिनहुँ सुनसरीको सीमा क्षेत्रबाट नेपाल भित्रिने क्रम जारी छ । जसले गर्दा सबैभन्दा बढी सुनसरीको दक्षिणवर्ती क्षेत्रका बासिन्दा कोरोनाको उच्च जोखिममा छन् । ‘भारतबाट लुकेर आएका मान्छेलाई सीधै घर नपसीकन होल्डिङ् गरेर जाँच गर्न हरिनगरले ८० बेडको होल्डिङ् सेन्टर तयार गरेको छ,’ हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अनसारीले भने । हरिनगर क्षेत्रबाट पछिल्लो दुई दिनमा २५ जना  लुकिछिपी नेपाल आएको उनले बताए ।  

पछिल्लो समय भारतमा लकडाउन खुकुलो भएसँगै त्यहाँ रहेका नेपाली फर्कने क्रम बढेको छ । अनसारीका अनुसार होल्डिङ् सेन्टरमा जाँच गरेपछि शंकास्पदलाई राख्न हरिनगरकै रामनगर भुटाहामा ८० बेडको क्वारेन्टाइन बनाइको छ, जहाँँ अहिले १७ जना छन् ।  

दसगजा क्षेत्रमा रहेको मकैबारीबाट रातिको बेला नेपाल पस्न सहज भएकोे कोसी गाउँपालिका प्रमुख अयुब अनसारीले बताए । ‘नेपाल प्रवेश गर्ने सजिलो माध्यम भनेकै मकैबारी हो,’ उनले भने, ‘अर्कातिर नेपालीको भारततर्फ  भारतीयको नेपालतर्फ जग्गा पर्छ, त्यहीं निहुँ बनाएर पनि ओहोदोहोर गर्छन् ।’  

नेपाल प्रवेश गरेको गाउँलेले सूचना दिएका व्यक्तिलाई गाउँपालिकाले क्वारेन्टाइनमा बसाउने व्यवस्था गरे पनि कतिपय भने सूचना नहुँदा निर्धक्कसँग घरमा बस्ने गरेका छन् ।

सुनसरीमा ६५ किलोमिटर खुला सिमाना पर्छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीले निगरानी गर्दागर्दै पनि नेपाल प्रवेश गर्ने त्रम रोकिएको छैन ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।