१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव

नीति तथा कार्यक्रमका प्राथमिकता बजेटमा समेट्न सुझाव
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रममा आर्थिक रुपान्तरण तथा स्वास्थ्य सेवाका विषयमा विशेष जोड दिएको पाइएको उल्लेख गर्दै ती कुरालाई बजेटमा राम्रोसँग समावेश गर्नुपर्ने बताएका छन् । सङ्घीय संसद्मा शुक्रबार प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै नेता पाण्डेले भने, “कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने सम्भावना छ । होटेल, रेस्टुरेन्ट, पर्यटन, शिक्षा लगायतका क्षेत्र निकै प्रभावित भएका छन् । यी क्षेत्रलाई कसरी जोगाउन सकिन्छ साथै विदेशबाट लाखौँ युवा स्वदेश फर्किंदैछन् । उनीहरूलाई कसरी व्यवस्थापन गर्ने जस्ता विषयमा विशेष ध्यान दिई आगामी बजेटमा समावेश गर्नुपर्छ । ”
नीति तथा कार्यक्रममा प्राथमिकताका विषयहरू समेटे पनि लामो र विषयवस्तु दोहोर्याएर आएको, साना साना कुरालाई कार्यक्रमका रूपमा राखेको, चालू आर्थिक वर्षको कतिपय कार्यक्रमलाई पनि समावेश गरेको कारण नीति तथा कार्यक्रम लामो भएको उनले बताए ।

नीति तथा कार्यक्रममा कतिपय राम्रा कुरा राखे पनि त्यो मिलाएर राख्न नसकेकाले ओझेलमा परेको बताउँदै नेता पाण्डेले अहिलेको नीति तथा कार्यक्रममा छुटेका कुरालाई बजेटमा समावेश गर्नुपर्ने सुझाव दिए । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्र साद बाँस्कोटाले नीति तथा कार्यक्रममा सरकारले आगामी दिनमा गर्ने मुख्य कामको स्रोत उल्लेख गरेको बताए । नीति तथा कार्यक्रमले सरकारमाथि जनताको विश्वास कायम गरेको बताउनुहुँदै उनले प्राप्त उपलब्धि रक्षा गर्दै अगाडि बढ्ने नीति सरकारले लिएको स्पष्ट रूपमा देखिएको बताए ।
नीति तथा कार्यक्रमप्रति नकारात्मक टिप्पणी गर्ने अवस्था नरहेको बताउँदै उनले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा देखिएको चुनौतीलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यसबारे पनि नीति तथा कार्यक्रममा प्रस्ट रूपमा बोलिएको बताए । “विदेशमा रहेका युवा स्वदेश फर्केपछि उनीहरूलाई कसरी व्यवस्था गर्नेदेखि लिएर कोरोना भाइरसका कारण देखिएको आर्थिक सङ्कुचनलाई कसरी सम्बोधन गर्ने विषयमा पनि सरकार जिम्मेवारीपूर्वक लागेको छ”, उनले भने, “कोरोना भाइरसका कारण आर्थिक क्षेत्रमा हुने सम्भावित असरलाई कृषि उत्पादनबाट समाधान गर्न सकिन्छ । त्यसमा तत्काल के के गर्न सकिन्छ, त्यसको बारेमा सरकार स्पष्ट नीति बनाएर अगाडि बढेको छ । यी सबै कुरा आगामी बजेटमा स्पष्ट रूपमा देख्न सकिनेछ । ”

कोरोना भाइरसका कारण प्रभावमा परेको क्षेत्रका लागि राहत तथा छुटको व्यवस्था गर्न पनि सरकारले नीति बनाएको बताउनुहुँदै पूर्वमन्त्री बाँस्कोटाले जनतालाई निराश हुन दिने अवस्थामा सरकार नरहेको प्रतिक्रिया दिए ।पूर्वमन्त्री बाँस्कोटाले सरकार सुशासनप्रति पनि सचेत रहेको बताए । भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्दै वर्तमान सरकारले देशमा सुशासन कायम गरेको थुप्रै उदाहरण रहेको बताउँदै उनले सरकारले स्थानीय, प्रदेश र सङ्घबीच सहकार्य गरी विकासनिर्माणका थुप्रै काम अगाडि बढाएको छ भने । सार्वभौमसत्ता, राष्ट्रियताप्रति सरकार गम्भीर रहेको कुरा पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतको विषयमा सरकार दृढतापूर्वक उभिएको बताउँदै उनले लिपुलेक, कालापानीसहितको नक्सा सरकारले सार्वजनिक गर्ने कुरा नीति तथा कार्यक्रममै उल्लेख मात्र गरेको छैन, त्यसलाई कार्यान्वयनमा ल्याउन पनि सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नीति तथा कार्यक्रममा कतिपय कुरा राम्रो राखिए पनि त्यसमा केन्द्रित नभएको प्रतिक्रिया दिए । समसामयिक तथा प्राथमिकताको विषय केन्द्रित गर्न नसकेको बताउँदै उनले कोरोना भाइरसको अवस्थालाई कम आकलन गरेको दाबी गरे ।

कोरोना भाइरसका कारण पर्यटन, वैदेशिक रोजगारी, कृषि लगायतको क्षेत्र प्रभावित भए पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश नगरेको उनको दाबी छ ।
उनले भने, “यो असामान्य परिस्थितिलाई नीति तथा कार्यक्रममा केन्द्रित गरेको छैन । अहिलेको अवस्थामा रोग र भोकबाट जनतालाई कसरी जोगाउने, त्यो कुरालाई नीति तथा कार्यक्रममा समावेश नगरिए पनि आउने बजेटमा समावेश गर्नुपर्छ । ” जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले हरेक कुरालाई समेटे पनि त्यसलाई आगामी बजेटले कसरी समेट्छ, त्यो मुख्य कुरा रहेको बताए । कोरोना महामारीको अवस्थाले गर्दा जनतालाई निराश हुन नदिने प्रतिबद्धता सरकारले जनाएको छ, त्यो महत्वपूर्ण कुरा हो तर त्यो कसरी कार्यान्वयन गर्ने, जनताको विश्वास कसरी जित्ने त्यसमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । सरकारले बेरोजगारी समस्या समाधान गर्न कृषिमा जोड दिएको छ, अर्थतन्त्रलाई कसरी सुधार गर्ने कुरा पनि समावेश गरिएको छ तर ती सबै सपनाजस्तो लागेको उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले नीति तथा कार्यक्रममा प्राथमिकता तोक्न नसकेको बताएका छन् । कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभावलाई कसरी कम गर्न सकिन्छ, त्यसको स्रोतका बारेमा पनि नीति तथा कार्यक्रममा खुलाउनुपर्ने थियो, त्यो गर्न नसकेको बताउँदै उनले यद्यपि आएका नीति तथा कार्यक्रमलाई सही ढङ्गले लागू गर्न सकियो भने त्यो पनि राम्रै हुने बताए । उनले भने, “अहिले अरू कुराभन्दा पनि कोरोनाको महामारीबाट कसरी बच्न सकिन्छ, जनतालाई राहत कसरी दिन सकिन्छ, रोग र भोकबाट कसरी जोगाउन सकिन्छ त्यो कुरामा फोकस हुनुपर्ने हो । ” गोरखापत्र दैनिक