१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ११ मा रहेका सदस्यहरुले मात्रै प्रश्न सोध्न पाउने बताउनु भयो । प्रश्न सोध्न भदौ १ गते आईतवार दिनको १ बजेभित्र प्रतिनिधि सभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनसक्ने बताउनु भयो ।