९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानसेनापतिको आग्रहः विश्वास गर्नुस्, काठमाडौं—तराई द्रुतमार्गको काम नेपाली सेनाले समयमै सक्छ

प्रधानसेनापतिको आग्रहः विश्वास गर्नुस्, काठमाडौं—तराई द्रुतमार्गको काम नेपाली सेनाले समयमै सक्छ
अ अ+ अ-

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं—तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बिहीवार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

जसमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपाली सेनाले समयमै काम सम्पन्न गर्छ भन्ने विश्वासका साथ बस्न आग्रह गर्नुभयो । उहाँले २०८३ को चैतसम्म सक्नुपर्ने दायित्व रहेको र अझै पनि काम सक्ने विश्वास रहेको बताउनु भयो । उहाँले अब बनाउनुपर्ने कामहरु छिटो सकिने किसिमका रहेकाले द्रुत गतिमा काम अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो भनाइ र सोचाई काम समयमा सक्नुपर्छ भन्ने हो । ०८३ को चैत्र अन्तिमसम्म सक्नुपर्ने दायित्व छ । त्यसमा हामी प्रतिवद्ध छौँ । अहिले करिव करिव ४३ प्रतिशत काम सकिसकेको छ । अब हुने काम छिटो सकिने खालका छन् । धेरै जसो समय इआइए गठन, टेण्डरको सम्झौतासम्मको समयमा धेरै समय गएको छ । समस्या समाधानहरु हुने हो भने काम नसकिने भन्ने होइन । अब रफ्तार लिनसक्छ । काम धेरै सहज खालका छन् । नेपाली सेनाले समयमा काम सक्छ भनेर मानिदिनुहुन आग्रह छ । त्यसैअनुसार हामी काम गर्दछौँ । खोकना प्रस्थान बिन्दु पनि हो । ६.५ किलोमिटरसम्म लम्बाई छ । ऐतिहासिक र धार्मिक हिसावले महत्वपूर्ण ठाउँ छ । सिकाली मन्दिर क्षेत्र र दाहसंस्कार गरिसकेपछि क्रियापुत्री बसने ठाउँहरु छन् । त्यसलाई छोडेर नै नयाँ डिपिआर तयार पारेका छौँ ।’

प्रधानसेनापति सिग्देलले फास्ट ट्रयाक बाहेकका अन्य योजनाहरु खोकनामा नआउने ग्यारेन्टी भए धेरै बाधा स्थानीहरुबाट नहुने बताउनु भयो । अहिले बनेका संरचनाले धेरै हदसम्म प्राकृतिक विपद्बाट सुरक्षित रहेको बताउनु भयो । ठेकेदारहरुबाट समयमा काम नभएको समस्या रहेको पनि गुनासो गर्नुभयो ।