२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहो¥याउनुभएको छ ।

प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाउनु भयो । देश र राजनीतिक स्थिरता लागि नभई व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि, राजनीतिक स्थिरताका लागि त पक्कै होइन, हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखेपनि अगामी ०८४ सालको निवाचर्नसम्म यही राजनीतिक समिकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं ।’

उहाँले वर्तमान व्यवस्थाको रक्षा गर्नको लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताउनु भयो ।