१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकताः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले युवाको नेतृत्व विकास, सीप अभिवृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलवार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन सरकार प्रयासरत रहेको पनि बताउनु भयो ।

कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका युवाहरुले कठिन परिस्थितिमा पनि नवप्रर्वद्धनप्रति रुची देखाएको उहाँको भनाई छ । महामारीका चुनौती, प्राकृतिक प्रकोपको समयमा जलवायु परिवर्तनको विरोधमा चेतनामुलक अभियान, प्रविधि आधारित नयाँ अविस्कार लगायतका विषयमा युवाहरुको संकल्प, सहभागिता उच्च सम्मानयोग्य रहेको उहाँले बताउनु भयो । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको उल्लेख गर्नुहुँदै उहाँले युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुल जनसंख्याको करिव ४२ प्रतिशत हिस्सा ओगटेका हाम्रा युवाहरुले कठिन परिस्थितिमा पनि शाहस, प्रतिवद्धता, नवप्रर्वद्धनप्रति रुची देखाएका छन् । नेपालको इतिहासमा युवा जनशक्तिको सहभागितामा ठूला ठूला परिवर्तन भएको हामीले अनुभव गर्न पाएका छौँ । तसर्थ युवाहरु इतिहासका साहस, वर्तमानका साझेदार र भविष्यका संरक्षक हुन् । महामारीका चुनौती होस् या प्राकृतिक प्रकोपको समयमा जलवायू परिवर्तनको विरोधको चेतनामुलक अभियानमा होस् वा प्रविधि आधारित नयाँ अविष्कारमा युवाहरुको संकल्प, सहभागीतालाई हामी उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ । नेपाल सरकारले युवाको नेतृत्व सक्षम विकास, सीप अभिवृद्धि र रोजगार सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ । नेपाल सरकार युवामैत्री लगानीको वातावरण, नवप्रर्वद्धन र उद्यमशीलतालाई प्रर्वद्धन गर्ने नीति र कानूनी संरचना तयार गरी युवाहरुको भविष्य स्वदेशमा नै उज्यालो बनाउन प्रयासरत छ ।’

सरकारले ‘समृद्ध राष्ट्र निर्माणको लागी स्वस्थ, कर्मठ र उद्यमी युवा हुनुपर्छ’भन्ने मूल मन्त्र आत्मसाथ गरेको पनि बताउनु भयो । समृद्ध देश निर्माण र युवा जनशक्ति परिचालनको लागी सबैको सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।