२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारिवारिक खेतीलाई नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्छः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनसक्ने जिकिर गर्नुभयो ।

पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवद्र्धन गर्ने पक्षमा सामुहिक वकालत गर्नुपर्ने बताउनु भयो । नेपालमा साना तथा पारिवारिक किसानको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरु निर्माण र सर्वोत्तम अभ्यासहरु आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘नेपालको पहाडी र पर्वतीय कृषि अनुभवले जलवायु अनुकुलन, अधिकतम उपयोग र समुदायमा आधारित दृष्टिकोणका क्षेत्रमा विश्व समुदायलाई महत्वपूर्ण सूचना उपलब्ध गराउन सक्दछ । पारिवारिक खेती प्रणालीको दिगो विकास र साना किसानहरुले अन्तर्राष्ट्रिय बजारमा समान पहुँच र लाभ पाउन सकुन् भन्ने उद्देश्यका लागि हामीले कृषि उपजका करमा विश्लेषण गरी लचकता अपनाउने र न्यायसंगत व्यापार अवसरको प्रवद्र्धन गर्ने पक्षमा सामुहिक वकालत गर्नुपर्ने भएको छ । नेपालमा साना तथा पारिवारिक किसानहरुको आवश्यकतालाई प्राथमिकता दिने नीतिहरु निर्माण र सर्वोत्तम अभ्यासहरु आदानप्रदानमा सक्रिय रहन क्षेत्रीय साझेदारी गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ । पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र होइन, एक सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नका निमित्त सबै सहभागीहरुमा अनुरोध गर्दछु । जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट हामीले पारिवारिक खेतीको प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको मैले महशुस गरेको छु ।’

मन्त्री अधिकारीले पारिवारिक खेती प्रणालीलाई समावेशी, ग्रामिण रुपान्तरणको प्रमुख घटक र जलवायु परिवर्तनको चुनौतिबीच दिगो विकासको आधार स्तम्भको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशल कृषि क्षेत्र निर्माण गर्ने अटल प्रतिवद्धता लिएर अघि बढेको बताउनु भयो ।