२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ गोल्डकप : रेडस्टार झापा सेमिफाइनलमा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङमा जारी तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापाको रेडस्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

रेडस्टारले पोखराको सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । झापाका लागि खेलको ७७औँ मिनेटमा सविनकुमार लुङ्गेलीले पहिलो गोल गरेका थिए । यस्तै खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत झापाकै सविनले दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित उक्त प्रतियोगितामा सोमबार लेजेण्ड फुटबल एकेडेमी, सिलगुडी (भारत) र चर्च ब्वाइज ललितपुरबीच खेल हुने छ ।

शनिबार सम्पन्न उद्घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।  प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । रासस