१ भाद्र २०८३, सोमबार
,
Latest
दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितको ठाउँमा शाहव आलमले टप एण्ड टी-२० सिरिज खेल्ने



अ+ अ-

काठमाडौं ।अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् ।

ललितकी आमाको आइतबार निधन भएसंगै नेपाल क्रीकेट संघले उनको स्थानमा शाहवलाई टोलीमा समावेश गरेको हो ।

अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि क्यानले यसअघि नै सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।

यसैबिच क्यानले आज टप एण्ड टी-२० सिरिज खेल्ने खेलाडीहरुको बिदाइ कार्यक्रम गरेको छ । जसमा शाहव पनि सहभागी थिए ।

नेपाली टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्दैछन् ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम ।