काठमाडौं ।अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउँमा शाहव आलमले खेल्ने भएका छन् ।
ललितकी आमाको आइतबार निधन भएसंगै नेपाल क्रीकेट संघले उनको स्थानमा शाहवलाई टोलीमा समावेश गरेको हो ।
अगस्ट १४ बाट सुरु हुने उक्त सिरिजका लागि क्यानले यसअघि नै सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।
यसैबिच क्यानले आज टप एण्ड टी-२० सिरिज खेल्ने खेलाडीहरुको बिदाइ कार्यक्रम गरेको छ । जसमा शाहव पनि सहभागी थिए ।
नेपाली टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्दैछन् ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम ।










