४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भवः अध्यक्ष ढकाल

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नफेरेसम्म रोजगारी सिर्जना गर्न असम्भवः अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताउनुभएको छ ।

राजधानीमा आईतवार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम जनतामाझ सकरात्मक रुपमा लैजानुपर्ने बताउनुभएको हो ।  हाल जनताप्रति निजी क्षेत्रको छाप राम्रो नभएको उहाँको भनाई छ । जनताको धाराणा निजी क्षेत्रप्रति सकरात्मक नभएसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुरा असम्भव रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म आम मानिसको निजी क्षेत्रप्रति जुन छाप परेको छ । निजी क्षेत्रले गरेको जुन योगदान छ, त्यसलाई सकरात्मक हिसावले जबसम्म आममानिसमा त्यो म्यासेज दिन सक्दैनौँ, उनीहरुको धाराण बनाउन सक्दैनौ तबसम्म रोजगारी सिर्जना गर्ने, रेभिन्यु बढाउने कुराहरु, पूर्वाधार बढाउने कुराहरु असम्भव छ ।’

उहाँले सरकारले रोजगार सिर्जना गर्न धेरै गाह्रो रहेको बताउनु भयो । तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान खोल्यो भने त्यहाँवाट तत्काल धेरैलाई रोजगार दिनसक्ने बताउनु भयो । उहाँले निजी क्षेलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले रोजगार सिर्जना गर्ने कुरा धेरै गाह्रो छ तर निजी क्षेत्रले कुनै एउटा उद्योग प्रष्तिष्ठान, व्यवसायीक गतिविधि ग¥यो भने त्यसले हजारौँ जनालाई तुरुन्तै रोजगार दिन सक्ने, रेभिन्यु दिनसक्ने  अवस्था छ । त्यसकारण निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ ।’ 

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण भने पछिल्लो समय फेरिँदै गएको उहाँको भनाई छ । सरकारले केही कानूनहरुलाई संशोधन गरेर निजी क्षेत्रमैत्री बनाएको पनि उहाँले बताउनु भयो ।