८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी

सिकार आरक्ष ढोरपाटनमा घोडा सफारी
अ+ अ-

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन उपत्यकामा घोडा सफारी व्यवसाय फष्टाउँदो छ । घोडापालन गर्दै आएका स्थानीयको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउनै ठिक्क छ ।

ढोरपाटनमा पछिल्लो समय पर्यटकको चाप बढेपछि घोडा व्यवसायी दङ्ग छन् । ढोरपाटन उपत्यकामा फुलेका अनेकथरी फुलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ ।

घोडा पालेरै घर खर्च धान्दै आउनुभएका ढोरपाटन नगरपालिका–९ निवासी अनिस विकले पर्यटक बढेपछि दिनमै रु तीन हजारभन्दा माथि आम्दानी गर्दै आएको बताउनुभयो । “पहिले त मुस्किलले दिनमा रु एक हजार हुन्थ्यो, अहिले रु तीन हजारसम्म आम्दानी भइरहेको छ, ढोरपाटनमा फुलेका बुकी फुलमा घोडा चढ्ने बढेका छन् ।”

उहाँका अनुसार ढोरपाटनमा पछिल्लो समय पर्यटक उल्लेख्य रुपमा बढेका छन् । “ढोरपाटनमा आएका पर्यटकहरु घोडा नचढ्ने कुरै हुँदैन, घोडा चढेको फोटो र टिकटक मैले नै खिचिदन्छु, पर्यटकहरु खुसी भए अझ धेरै रकम खन्छिन्”, विकले भन्नुभयो, “एक पटक घोडामा चढेर फोटो तथा भिडियो बनाएको दुई सय लिन्छु, ढोर बराही दर्शन गरेको रु पाँच सय र बुकी पुगेको तीन हजारसम्म लिने गरेको छु, सबैभन्दा बढी पर्यटक घोडा चढेर ढोरपाटन उपत्यकाको फूलमा फोटो तथा भिडियो बनाउन रुचाउँछन् ।”

घोडाको खानपान घटाउदा घर खर्च गरेर एक/दुई हजार दैनिक बचत हुने गरेको छ । यहाँका स्थानीयले घारवास र घोडा सफारीबाट मुख्य आम्दानी लिने गरेका छन् । वर्खायाम भए पनि यहाँको बुकी फूल हेर्न कै लागि बुटवल, काठमाडाँै, पोखरा, बागलुङ बजारसहितका छिमेकी पालिकाहरुबाट ढोरपाटनमा पर्यटक आउने गरेका छन् ।

असारदेखि भदौसम्म यस क्षेत्रमा विभिन्न प्रजातिका वनफूल अर्थात् बुकी फूल फुल्ने गर्छन । मङ्सिर–पुसमा बाक्लो हिमपात हुने हुँदा कतिपय पर्यटक हिउँ खेल्नकै लागि आउँछन् । यहाँ आउने पर्यटक घोडा नचडी फर्किएको पाइँदैन । पर्यटकहरू घोडा चढेरै बुकी पाटनसम्म जाने गर्दा घोडाधनीहरु उत्साहित रहेका छन् ।

घोडापालनमा भने चुनौती रहेपछि पछिल्लो समय आम्दानी बढेको घोडाधनी मैतराम विकको भनाइ छ । दुई घोडा पाल्नु भएका मैतरामको घर खर्च चलाउने माध्यम घोडा नै हो । उहाँले बुकीपाटनमा पर्यटकका सामग्री पुर्‍याउन आफ्ना घोडा प्रयोग गर्दै आएको बताउनुभयो ।

“हिमपात हुने तीन महिना घोडालाई दाना खुवाएर पाल्नुपर्दछ, अघिपछि पर्यटकहरु आउनुहुन्छ, हिमपातमा घोडा हिडाउन मिल्दैन, घरमै पाल्दा कठिन हुन्छ, अहिले घोडामै पर्यटकलाई बुकीपाटन लैजाने व्यवस्था मिलाइएको छ, ढोरपाटन उपत्यकाबाट बुकी पुर्‍याएको रु तीन हजारदेखि रु चार हजारसम्म दिन्छन्”, विकले भन्नुभयो ।

वर्खायाम भए पनि ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले घरवास र घोडा सफारी व्यवसाय फष्टाउँदै आएको स्थानीय घरवास सञ्चालक रामबहादुर घर्तीले जानकारी दिनुभयो । सिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षमा २३ हजार पर्यटक भित्रिएका थिए । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा हजारले बढी हो । रासस