काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताउनुभएको छ ।
बिहीवार बसेको सार्वजानिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताउनु भयो । उहाँले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै बेरुजूलाई भ्रष्टचार देख्ने आँखाहरु पनि भ्रष्ट्रचारी हुन् । भ्रष्ट्रचार बेरुजु फरक कुरा हुन् ।’
सांसद बास्कोटाले बेरुजु फस्र्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।









