२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

अमेरिका, क्यानडा, क्रोएसिया, युएइ पठाउने भन्दै ठगीमा संलग्न चार जना पक्राउ

अमेरिका, क्यानडा, क्रोएसिया, युएइ पठाउने भन्दै ठगीमा संलग्न चार जना पक्राउ
अ अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बैदेशिक रोजगारी सम्बन्धी ठगी कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा तनहुँको भानु नगरपालिका स्थायी ठेगाना रहेका योगराज गुरुङ, सर्लाहीको लालबन्दीका खेम कुमारी श्रेष्ठ मानन्धर, बाग्लुङ जैमिनीका रामचन्द्र शर्मा र सुनसरीको धरानका राजु मगर रहेका छन् ।

प्रहरीका अनुसार, योगराज गुरुङले एक व्यक्तिलाई क्यानडा पठाइदिन्छु भन्दै पीडितबाट आठ लाख रुपैयाँ लिएका थिए । त्यस्तै, खेम कुमारीले चार जनाबाट पाँच लाख लिई युएई पठाइदिन्छु भन्दै रकम लिएकी थिइन् ।

रामचन्द्र शर्माले भने पूर्वी युरोपेली मुलुक क्रोएसिया पठाइदिन्छु भन्दै एक व्यक्तिबाट दुई लाख ३५ हजार लिएर फरार भएका थिए । त्यस्तै, एक व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै चार लाख रुपैयाँ लिएर फरार थिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर लामो समयसम्म झुक्याउँदै आएपछि पीडितहरुले प्रहरी समक्ष निवेदन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान र कारबाही गर्न बैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताएका छन् ।