९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिको चासो

पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिको चासो
अ अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गाबारे संसदीय समितिले चासो दिएको छ ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोष र पशुपति मन्दिर क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।

सो क्रममा संसदीय समितिले क्षेत्र विकासको कोषको अभिलेखहरु पनि निरीक्षण गरेको छ । साथै क्षेत्र विकास कोषको हालसम्मको जग्गामा भएको भोगचलन, विक्री वितरणबारे समितिले कोषसँग जानकारी लिएको छ । कोषको जग्गा व्यक्तिगत प्रयोजनका लागि दिइएको, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि जग्गा हडप्नुका लागि व्यक्तिहरुले पनि जग्गा हडपेर बसेको गुनासोहरु दिनप्रतिदिन बढ्दै गएपछि संसदीय समितिले स्थलगत अवलोकन गरेर नै यसबारे चासो देखाएको हो । सो क्रममा समिति सभापति राजकिशोर यादवले अहिलेसम्मका सदस्यसचिवहरुले के प्रयोजनका लागि कति जग्गा उपलब्ध गराए ? भन्नेबारेमा समितिलाई प्रमाण उपलब्ध गराउन निर्देशन दिनुभयो ।

सोही क्रममा क्षेत्र विकास कोषको वस्तुस्थितिबारे जानकारी लिने क्रममा समितिले कोषलाई सदस्यसचिवले कुनकुन जग्गाको लागि चिठी लेखेको हो त्यसको प्रमाण उपलब्ध गराउन निर्देशन दिएको छ । उहाँले जग्गा प्रयोजनका लागि दिँदा टेण्डर प्रक्रिया कस्तो थियो ? भन्नेबारेमा पनि जानकारी गराउन निर्देशन दिनुभयो । पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे विस्तृत जानकारी गराउन पनि निर्देशन दिनुभयो । पशुपति विकास स्तरोन्नतिका लागि कति जग्गा आर्जित गर्न खोजेको हो ? कति जग्गा आर्जित भयो ? र के कठिनाइ छ ? त्यसबारे पनि जानकारी गराउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यक्तिले, सदस्यसचिवले कुनकुन जग्गाको लागि चिठी लेखेको हो ? त्यो एउटा चाहियो हामीलाई प्रमाण । कुन सदस्य सचिवले गैरकानूनी रुपमा अधिकार प्रयोग गरेर लेखेको हो त्यो चाहियो । टेण्डर प्रक्रिया कसरी भयो त्यो पनि प्रमाण चाहिन्छ । पशुपति गुरुयोजनाको मास्टरप्लानको बारेमा विस्तृत जानकारी चाहिन्छ । कति जग्गा आर्जित गर्न खोजेको हो, जग्गा मुआब्जाको स्थिति के छ ? त्यो पनि उपलब्ध गराउनुस् । अनियमितताबारे कोको संलग्न छन्, एउटा उपसमिति नै बनाएर त्यस्ता मान्छेलाई दण्डित गर्ने, कारबाहीको दायरामा ल्याउनेछौँ । मुद्दा मामिलाको स्थिति केके छ ? कसरी जग्गा हिनामिना भयो ? यो त हाम्रो जग्गा हो । अवाञ्छित लाभ लिएर केके हिनामिना गरेको छ, कति स्वामित्वमा हुनुपर्ने, कति छ ? त्यो कुरा हो ।’

पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितताबारे उपसमिति नै बनाएर अध्ययन गर्ने पनि समितिको निर्णय छ । अनियमितता गर्नेहरुलाई कानूनी दायरामा लयाउने सभापति यादवले बताउनु भयो ।