काठमाडौं । रूपन्देही क्षेत्र नं.३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न ९ जनाले निवेदन दिएका छन् ।
रास्वपाको उम्मेदवारको लागि परेको निवेदन आज सार्वजनिक गरेको हो । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।
उम्मेवारहुन इच्छुकमा सुलभ खरेल , पाछाबेन्द्र उपाध्याय, डा.लेखजंग थापा , ज्ञानु पौडेल ,जितबहादुर गुप्ता ,रचना क्षेत्री, पुनम कुमारी अग्रवाल, मधुप्रसाद अर्याल र कुसुम महर्जनले निवेदन दिनुभएको छ ।
रूपन्देही–३ मा अगामी कात्तिक–१७ गते प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदै छ । साउन २३ गते विहान १० बजेदेखि २४ गते बेलुका ५ गतेसम्म उम्मेदवारउपर दाबी विरोध गर्न सकिने रास्वपाले बताएको छ ।










