२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

इन्द्रबहादुर बानियाँ वागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदै

इन्द्रबहादुर बानियाँ वागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदै
file photo
अ अ+ अ-

काठमाडौँ । वागमती प्रदेशको राजनीतिक द्वन्द्व अन्ततः टुंगोमा पुगेको छ । लामो समयदेखि नेपाली काँग्रेसभित्र चलिरहेको गुटीय विवाद, नेतृत्वको असन्तुष्टि र अविश्वासको प्रश्तावपछि मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् ।

उनको स्थानमा नेपाली काँग्रेस वागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय नेताको रूपमा परिचित बानियाँको राजनीतिक यात्रा झन्डै चार दशक लामो छ । मकवानपुरको हर्नामाडीमा २०२७ सालमा जन्मिएका बानियाँले २०४४ सालमा राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए । विद्यार्थी राजनीतिबाट शुरु भएको उनको यात्रा संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै अहिले वागमती प्रदेशको शिर्ष नेतृत्वमा पुगेको छ ।

२०८१ आठ साउनमा बहादुरसिंह लामा मुख्यमन्त्री बनेसँगै प्रदेशको नेतृत्व काँग्रेसले लिएको थियो । यद्यपि, एक वर्षअघिको सहमतिअनुसार काँग्रेस र एमालेले २०–२० महिना प्रदेशको नेतृत्व गर्ने सहमति गरेका थिए । लामाले नुवाकोटबाट काँग्रेसको तर्फबाट पहिलो पटक मुख्यमन्त्रीको पद सम्हालेका थिए । तर समयको चालले परिस्थिति बदलिएको छ ।

आगामी बजेट तथा कार्यसम्पादनको विषयमा काँग्रेसभित्रको असहमतिले सरकारभित्रै दरार ल्यायो । बानियाँपक्षीय नेताहरूले लामा नेतृत्वको आलोचना गर्दै सत्ता समीकरणलाई नै उल्ट्याउने तयारी थाले । लामामाथि संसदीय दलमै विश्वास गुमेको भन्दै काँग्रेसकै २२ जना सांसदले उनको विपक्षमा मत दिएपछि उनी दलको नेताबाट पदच्युत भए । साथै मन्त्रीपरिषद्मा रहेका चारजना काँग्रेस मन्त्रीले एकैपटक राजीनामा दिएपछि लामाको नेतृत्व संकटमा प¥यो ।

यसपछि, नेपाली काँग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भए । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्नसक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका हुन् । कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ ।

यता मुख्यमन्त्री लामाले असहयोग, स्वार्थ समूहको दबाब र राजनीतिक षड्यन्त्रको शिकार भएको बताएका छन् । राजीनामा घोषणापछि उनले आफ्नो कार्यकाल इमान्दारिता र निष्ठासाथ सञ्चालन गरेको दाबी गरे । तर संसदीय बहुमतको यथार्थले उनलाई पदबाट बाहिरिन बाध्य बनायो ।

सोमवार लामा पक्षबाट प्रदेश प्रमुख कार्यालयमा राजीनामा पत्र बुझाइएपछि मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनको लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरे । आज दिउँसो २ बजेसम्मको म्यादभित्र इन्द्रबहादुर बानियाँले काँग्रेस र एमालेको समर्थनसहित मुख्यमन्त्रीको दाबी दर्ता गराएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले दिउँसो ४ बजे बानियाँको शपथ ग्रहण समारोह तय गरेको छ। बानियाँले शपथ लिँगेपछि तत्काल मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार सत्ता साझेदार दल एमालेबाट मन्त्रीहरूको नाम तोकिएको छ ।

नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

यद्यपि, बानियाँ नेतृत्वको सरकारको स्थायित्व अझैपनि राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ। खासगरी आगामी आठ महिनामा उनले काँग्रेस र एमालेबीचको सत्ता बाँडफाँड, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती छ ।

बानियाँको अगुवाईमा बनेको यो गठबन्धन सरकारले प्रदेशमा स्थायित्व कायम गर्नसक्छ कि सक्दैन । त्यसले आगामी संघीय राजनीतिलाई समेत प्रभाव पार्नेछ ।