७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत जोडने नदीमाथिको वनवसा पुलमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव एक लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर एक लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो ।

बेलुका  ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख नौ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गर्नुभयो । उहाँका अनुसार नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ । रासस