१७ श्रावण २०८३, आईतवार
,
Latest
नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने विविधताबीचको एकता नै राष्ट्रिय एकताको आधार: पूर्व राष्ट्रपति भण्डारी चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा रिहा भएका प्रसाईंलाई स्वागत गर्न सांसद शर्मा डिल्लीबजार कारागारमा



अ+ अ-

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा भएपछि डिल्लीबजार कारागार फर्किँदा कांग्रेस सांसद डा. सुनिल शर्मा स्वागत गर्न पुगेका छन् ।

उच्च अदालत पाटनको आदेशपछि प्रसाईं सोमबार साँझ २८ लाख रुपैयाँ धरौटी बुझाएर कारागार पुगेका हुन् । अहिले कारागार प्रशासनले बाँकी कानुनी प्रक्रिया पूरा गर्दैछ ।

प्रसाईंविरुद्ध बैंकिङ कसुर र १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित गरी दुईवटा मुद्दा दर्ता भएका थिए । दुवै मुद्दामा उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी तोकेको थियो । यस्तै, राजावादी आन्दोलनसम्बन्धी मुद्दामा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी बुझाएपछि प्रसाईं केहीबेरअघि मात्र डिल्लीबजारस्थित कारागार पुगेका हुन् ।