२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्ने



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली खाना प्रवर्द्धन अभियानले राष्ट्रिय कोदो दिवसको अवसरमा आज आयोजना गरेको ‘कोदोको १० परिकार प्रदर्शन’मा मन्त्री खड्काले भन्नुभयो, “कोदो संरक्षण, व्यावसायिक उत्पादन र परिकारमार्फत राष्ट्रिय खाद्य सुरक्षामा योगदान पु¥याउन सकिन्छ, देशको माटोमा फल्ने अन्नले मात्र हामीलाई आत्मनिर्भर बनाउँछ, आयातमा निर्भर खाद्य प्रणाली दीर्घकालीन समाधान होइन ।”

उहाँले कोदो परिकारको विषय मात्र नभई हाम्रो संस्कृतिको, पहिचानको र सम्भावनाको अन्न भएको बताउनुभयो । प्रदर्शनीमा कोदोका प्यान केक, खिर, माफिन, बिस्कुट, मालपुवा, मःमः, ढिँडो, हलुवा, पकौडा, बिस्कुट, सेलरोटी राखिएका थिए ।

नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित नेपाली खाना प्रवर्द्धन अभियानको आयोजना तथा नारायणी चमेना गृह, सिंहदरबार काठमाडौँको सहकार्यमा सम्पन्न भोजनलिपि स्वादको पाँचौ संस्करणमा पाककलामार्फत प्रदर्शनी गरिएको थियो । रासस