२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

आज साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

नतिजा प्रकाशनको लागि बोर्ड बैठक बस्नेसहितको आवश्यक कार्य भइरहेको उनले बताए ।

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।