२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

गोकर्णेश्वर ओख्रेनीमा श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेला -फोटो फिचर

गोकर्णेश्वर ओख्रेनीमा श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेला -फोटो फिचर
अ अ+ अ-

काठमाडौँ; खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।”

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पुजाआजाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराई सहयोग गरी दिनका लागि नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गर्नुभयो ।

मन्त्री यादवले नेपालभरिका विभिन्न शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनहरूद्वारा गरिने विशेष पूजापाठ र साधनाले हाम्रो मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताउनुभयो ।

फोटो- बिमल विष्ट