१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य



अ+ अ-

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गर्नुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बीचमा सहकार्य भएको हो । उहाँले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र विशेषज्ञ तथा आँखाका स्वास्थ्यकर्मीलाई नेपालमा परिचालन गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आँखा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापनका लागिसमेत एसोसियसनले समन्वय गर्नेछ ।

एसोसिएसनले नेपालमा विभिन्न नि:शुल्क उपचार शिविरसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ  नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

२८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । रासस