७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहले दिए राजीनामा
अ+ अ-

काठमाडौं।वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुभएको छ ।

आईतवार पत्रकार सम्मेलन गर्दै उहाँँले पदबाट राजीनामा दिनुभएको हो । लामा २०८१ साउन ९ गते वागमती प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएसँगै पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको थियो । आईतवार साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा पत्र बुझाउनुभएको हो ।

राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले राजनीतिक षड्यन्त्रबाट सरकार ढालिएको आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत प्रश्तुत गर्नुभएको थियो ।

आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको उहाँलको दाबी गर्नुभएको छ । प्राकृतिक विपतको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारको लागि दु्रत प्रतिकार्य टोली गठन गरिएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको उहाँले दाबी गर्नुभयो ।

मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारले राजश्व संकलनमा पनि वृद्धि गरेको दाबी गर्नुभएको छ । यसैगरी आफ्नो एक वर्षे कार्यकालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको समेत उहाँले बताउनुभयो । सुशासन प्रवद्र्धनका निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।

मुख्यमन्त्री लामाले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको दाबी गर्नुभयो । लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा हिजो दोस्रो पटक छलफलपछि लामा राजीनामा दिन तयार हुनु भएको थियो । उहाले आफ्ना तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त राख्नु भएको छ ।

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

तस्बिर : अञ्जली थापा/रासस