२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संसद्का तर्फबाट भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने



photo: rss
अ+ अ-

काठमाडौँ । नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने भएको छ ।

जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता हुनुभएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तरराष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन गर्नेछौँ ।”

सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गर्नुभएको थियो ।

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।