१ भाद्र २०८३, सोमबार
,
Latest
वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवको प्रश्नः प्राकृतिक श्रोत र साधनले सम्पन्न देश नेपाल कसरी दरिद्र भयो ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बसह जरुरुी रहेको बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई प्रकृतिले सबैथोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताउनु भयो । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उहाँको प्रश्न छ । माटो नै नभएका देशहरु र बालुवाका देशहरु सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई प्रकृतिले सबैथोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जंगल छैन, रुख छैन, ति देशहरु संसारका धनी र सम्पन्न देश भए । नेपाल किन दरिद्र, कंगाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो ? यो विषयमा चिन्तन गर्न जरुरी छ ।’

अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै शुरुवात भएको बताउनु भयो । भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको बताउनु भयो ।




भर्खरै