२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले भनेका कुरा गलत भए तत्काल भुक्तानी दिन्छु: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अभिव्यक्त गरेका कुराहरुको भुक्तानी कुनैपनि समयमा दिन आफू तयार रहेको बताउनुभएको छ ।

आईतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले भनेका कुनैपनि कुराहरु गलत भए तत्काल भुक्तानी दिने बताउनु भयो । उहाँले सरकारको परिभाषा बदल्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले सरकार शासक नभइ व्यवस्थापक र सेवक भएको बताउनु भयो । देशमा सुशासन र विकास दिने काम सरकारको भएको बताउनु भयो । सरकार जनता र देशप्रति उत्तरदायी मात्रै नभइ जिम्मेवारसमेत बन्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गभर्मेण्ट भन्नेकुराको परिभाषा बदल्नुपर्छ । गभर्मेण्ट शासक होइन, व्यवस्थापक हो र सेवक हो । देशमा सुशासन र विकास दिने काम सरकारको हो । त्यसको बन्दोबस्त गर्ने काम सरकारको हो । एउटा जिम्मेवार सरकार जनताप्रति उत्तरदायी मात्रै होइन जिम्मेवार हुन्छ । कर्तव्यबाट निर्देशित सरकार जिम्मेवार हुनुपर्दछ । सरकारमा जो छ उनीहरुमा कर्तव्यबाट जिम्मेवार हुनुपर्छ र उनीहरुले देश र जनताप्रति जिम्मेवारी लिनुपर्छ । रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । तथ्यका आधारमा चुनौतिका साथ म भन्छुः अहिले मैले भनेका कुराहरुमा नेपाल राष्ट्र बैंकले छापेका नोटहरुमा हुन्छ, कसैले भुक्तानी माग्न आएमा रुपैयाँ यति तत्काल भुक्तान दिइनेछ । मैले भनेका कुराहरुमा पनि तत्काल भुक्तान दिनेछु, यदी मिलेन भने । अब गालीगलौज गर्न त शब्दकोष पल्टाइ पल्टाइ खोजेर गरे हुन्छ । के फरक पर्छ र ?’

प्रधानमन्त्री ओलीले आफूमाथि कसैलाई पनि गाली गर्नुछ भने शब्दकोष पल्टाएर शब्द खोजि खोजि गाली गर्न पाइने पनि बताउनु भयो ।