१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ । 
 
आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’’ 

प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।

 पार्टीको प्रशिक्षण कार्यक्रमका लागि उहाँ आज धनगढी पुग्नुभएको हो ।