२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि वितरण प्रक्रिया पारदर्शी हुन्छः सचिव शर्मा



अ+ अ-

काठमाडौँ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले भूमि वितरण प्रक्रिया पारदर्शी बनाउन भूमि विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सचिव शर्माले विगतमा भइरहेको मनपरी र शंकास्पद रुपमा भूमि वितरणको निर्मुल पार्न विधेयक महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले स्थानीय तहमार्फत विस्तृत छानबिनपछि मात्रै वास्तविक भूमिहीनहरूलाई जग्गा वितरण गरिने व्यवस्था विधेयकमा रहेको भन्दै अनावश्यक शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भूमि वितरणको हकमा अरुले पाउँछन् कि भन्ने जुन आशंका छ त्यो निराकरण हुन्छ । स्थानीय सरकार नै मिल्यो भने त हामीले भन्नसक्ने अवस्था भएन । हामीले जनप्रतिनिधिलाई विश्वास गर्ने हो । स्थानीय तहले छानविन गरेर पेश गरेको प्रतिवेदनको आधारमा भेरिफिकेसन गरेर अन्यत्र जग्गा भए नभएको पहिचान गरेर भूमि वितरण हुने हो । त्यसकारण विगतमा जग्गा वितरणमा जति पनि आशंका गरिएको छ । अब वितरण हुने जग्गाको सन्दर्भमा रियलिस्टिक हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ ।’

उहाँले मालपोत कार्यालयमा भूमि भए नभएको पुष्टि गरेर मात्र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउन विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।