२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेट सेवामा शिर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?



अ+ अ-

काठमाडौँ । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरुको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार शिर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक संख्या वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ ।

ग्राहक संख्याको हिसावले दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडले पनि पछिल्लो समय तिब्र रुपमा बजार विस्तार गरेको छ । डिस मिडियाका ३ लाख ६१ हजार ३९४ ग्राहक छन् भने बजार हिस्सा ११.१२ प्रतिशत ओगटेको छ ।

यस्तै तेस्रो स्थानमा सरकारको प्रत्यक्ष लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ३ लाख ५४ हजार ४३८ ग्राहक रहेका छन् । सरकारी कम्पनीले एनटीसीले १०.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

बजार हिस्साको रुपमा चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेडका ग्राहक ३ लाख १९ हजार रहेका छन् । भायानेटले नेपाली इन्टरनेटको दुनियाँमा ९.८२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार रहेका छन् । यो कम्पनीले ९ दशमलव २१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या बढाउन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । क्लासिक टेकका ग्राहक संख्या हेर्ने हो भने १ लाख ८७ हजार १३७ रहेका छन् । यो कम्पनीको बजार हिस्सा ५ दशमलव ७६ प्रतिशत रहेको छ । यस्तै, वेबसर्फर नेपालका १ लाख ७५ हजार ६५९ ग्राहकहरु रहेका छन् । यसले ५ दशमलव ४१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

यस्तै, टेकमाइन्ड्स नेटवर्क इन्टरनेट प्रयोगकर्ता १ लाख ०१ हजार ५८० रहेका छन् । यो कम्पनीको बजार हिस्सा  ३ दशमलव १३ प्रतिशत रहेको छ । चौधरी ग्रुपको लगानी रहेको सिजी कम्युनिकेसन्सका ग्राहक ८२ हजार ८६० रहेका छन् । यसले २ दशमलव ५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने पछिल्लो समय सस्तोमा इन्टरनेट दिएको दावी गर्ने वाइफाइ नेपालका ग्राहक ८० हजार ३७१  रहेका छन् ।

यो कम्पनीले २ दशमलव ४७ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै ब्रोडलिंक नेटवर्कले १ दशमलव ६४, फाइबरवल्र्ड कम्युनिकेसनले १ दशमलव ३१, सजिलो नेटले १ दशमलव ६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । एकप्रतिशत भन्दा कम बजार हिस्सा ओगट्नेमा फस्र्टलिंक कम्युनिकेसन, कनेक्ट नेपाल नेटवर्क, एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क,आइ.जोनलगायतका कम्पनीहरु रहेका छन् ।




भर्खरै