१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान

कोभिड–१९ रोकथाममा ७ अर्ब खर्च हुने अनुमान
अ अ+ अ-

काठमाडौं । नेपालमा अधिकतम १० हजार संक्रमित पुगेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) शीर्षकमा झन्डै सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड–१९ लाई मध्यनजर गर्दै सार्वजनिक स्वास्थ्य, अस्पताल व्यवस्थापन, सूचना प्रणाली, उपचारलगायत शीर्षकमा ६ अर्ब ८९ करोड ९ लाख ३९ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएकोे हो । केन्द्रमा १ अर्ब ९३ करोड २६ लाख ७२ हजार रुपैयाँ र प्रदेश तथा स्थानीय तहमा ४ अर्ब ९५ करोड ८२ लाख ६७ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ । क्वारेन्टिन व्यवस्थापनका लागि केन्द्रमा २१ करोड २३ लाख १० हजार रुपैयाँ, स्थानीय र प्रदेश तहमा २ अर्ब १२ करोड ३१ लख खर्च हुने प्रक्षेपण गरिएकोे छ ।

अधिकतम १० हजार संक्रमित मुख्य आधार

यस्तै, केस अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङका लागि केन्द्रमा ५० लाख, प्रदेश र स्थानीय तहमा ५ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ । सामुदायस्तरमा स्क्रिनिङ र टेस्टिङका लागि केन्द्रमा ४ करोड २५ लाख ३० हजार रुपैयाँ, प्रदेश र स्थानीय तहमा १७ करोड १ लाख २१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोे छ । संक्रमितको उपचार शीर्षकमा स्थानीय तह र प्रदेशमा १ अर्ब ६० करोड १८ लाख ७५ हजार रुपैयाँ तथा केन्द्रमा ७५ करोड ६१ लाख २४ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । निगरानी शीर्षकमा केन्द्रमा ४ करोड ६० लाख, प्रदेश र स्थानीय तहमा ५० लाख खर्च हुने प्रक्षेपण गरिएकोे छ । यस्तै, समुदायको सहभागिता र जोखिम सञ्चार शीर्षकमा केन्द्रमा १ करोड पाँच लाख रुपैयाँ, प्रदेश र स्थानीय तहमा २२ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड–१९ रोकथाम नियन्त्रणका लागि सरकारले खर्चसम्बन्धी प्रारम्भिक प्रक्षेपण तयार पारेको बताए । उनले भने, ‘संक्रमण दर बढ्दै गयो भने जुन क्षेत्रमा संक्रमण फैलिएको छ, त्यस क्षेत्रमा रहेका अस्पतालको स्तरवृद्धि गर्न आवश्यक छ ।’

संक्रमित ७ सय ७२ पुगे
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार मात्रै ९० जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ५ सय ८२ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म ५४ हजार ४ सय २४ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पीसीआरबाट नमुना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ हजार २ सय ८२ जना क्वारेन्टिनमा बसेका छन् । विभिन्न अस्पतालमा उपचाररतमध्ये १ सय ५५ जना निको भई घर फर्किएका छन् । ४६ जिल्लामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । राजधानी दैनिक