१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सांसदको चर्को दबाबपछि सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’लाई निरन्तरता दिने भएको छ । विगतमा विवादित बनेको यो कार्यक्रम कोरोना महामारीका कारण रोकिने आशंकाका बीच सरकारले निरन्तरता दिन लागेको हो । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा आफुखुशी रकम प्रयोग गर्न पाउने भएकाले यसमा अनियमितता हुन सक्ने भन्दै हटाउनुपर्ने माग उठिरहदै आएको छ । अर्थमन्त्रालयले सो कार्यक्रम समावेश नगरेपछि सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा। युवराज खतिवडालाई भेटेरै कार्यक्रम राख्न दवाव दिएका छन् । सो विषयमा सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र अर्थमन्त्रीबीच छलफल पनि भएको थियो । अर्थ मन्त्रालयको बजेट बनाउने टोली नै अपरान्ह प्रधानमन्त्री निवास पुगेको थियो । संघीय संसदको प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ जना सांसदलाई यसअघिको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोडका दरले बजेट विनियोजन भएको थियो । अघिल्लो पटक सांसदले १० करोड पुर्याउन माग गरेपनि सरकारले अन्तिम समयमा ६ करोड छुट्याएकोछ । तर, यसपटक भने कति रकम छुट्याउने भन्ने टुंगा लागि नसकेको स्रोतले बतायो । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार भने विगतको भन्दा रकम केही घटेर आउन सक्ने जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीको असर र प्रभावका कारण बजेटको स्रोत जुटाउन सकस भएकाले सो रकम घट्ने ति अधिकारीले बताए । बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले सांसदको दबावपछि अन्तिम समयमा आएर सो कार्यक्रम समेटेको हो । ‘दुर्गम र पिछडिएका क्षेत्रको विकासका लागि यो कार्यक्रम आवश्यक छ भन्ने कुरा आयो’, ति अधिकारीले भने, ‘त्यसबाहेक, राजनीतिक नेतृत्व र सिंहदरवारमा पहुँच नभएका सांसदको क्षेत्रको विकासको लागि पनि यो कार्यक्रम प्रभावकारी रहेकाले निरन्तरता दिनुपर्ने भनेपछि कार्यक्रमले निरन्तरता पाउने भएको छ ।’ चालु आर्थिक वर्षमै पनि सांसदहरूले उक्त रकम प्रभावकारी रूपमा खर्च गर्न सकेका छैनन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार, ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ९ अर्ब ९० करोड बजेट छुट्टयाइएकोमा अहिलेसम्म जम्मा एक अर्ब ९ करोड रूपैयाँ मात्र खर्च भएको छ । सांसदको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासमा खर्च गर्नु पर्ने यो रकम धेरैजसो असारको अन्तिममा खर्च हुने हुँदा अनियमितता हुने आशंका बढ्ने गरेको छ ।

संसद्मा प्रतिपक्षी दलका सांसदहरूले यो कार्यक्रम खारेज गर्न माग गर्दै आएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । अघिल्लो वर्ष पनि नेकपाकै सांसदहरूको जोडबलमा अर्थमन्त्रीले सांसदलाई पैसा बाँड्ने कार्यक्रमलाई निरन्तरता दिएका थिए । अर्थमन्त्रालयले स्रोतमा दबाव परेपछि करिव १६ खर्ब रुपैयाँमाथिको बजेट तयार पारेको छ । सोमबार प्रधानमन्त्रीसँगको छलफलपछि अर्थमन्त्री र मन्त्रालयले सो रकम बराबरको बजेट तयार पारेर रातो किताब छाप्न पठाएको छ । यद्यपी बजेटमा अझै पनि केही महत्वपूर्ण कुराहरु समेटन् बाँकी रहेको छ । स्वास्थ्य, कृषि र रोजगारीलाई मुख्य लक्ष्य बनाइएको बजेट अघि सरकारले जेठ २ गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

आर्थिक वृद्धिदर २.३ प्रतिशत
सरकारले अर्थतन्त्रको सुधारको तीव्रतालाई कोरोनाले प्रभाव पारेका कारण यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण सार्वजनिक भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने र प्रतिव्यक्ति आय भने एक हजार ८५ अमेरिकी डलर पुग्ने देखिएको जानकारी दिए । प्रतिव्यक्ति आयमा हुने वृद्धि करिब सात प्रतिशत अर्थात ४६ अमेरिकी डलर हुन आउछ । डा. खतिवडाले फागुनसम्ममा अर्थतन्त्रका सूचक सकारात्मक दिशामा अघि बढिरहेको समयमा कोरोनाको विश्वव्यापी र नेपाल दुवै खाले अर्थतन्त्रमा संकुचन ल्याएको जानकारी दिए । फागुनसम्म तीव्रता पाएको अर्थतन्त्रले चैतदेखि भने कोरोना प्रभावको सामना गर्न पुगेको उनको भनाइ थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएका बन्दाबन्दी लगायतका प्रयासबाट चालु आवको कुल लगानी पनि खुम्चँदो अवस्थामा पुग्ने जानकारी खतिवडाले दिए । गत वर्षकोभन्दा ३.४ प्रतशितले लगानी संकुचित हुन जाँदा कुल वार्षिक लगानी १८ खर्ब ८९ अर्ब रुपियाँमा सीमित हुने दखिएको उल्लेख गरे । निरपेक्ष गरिबी भने सुधार भएर १६.६७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । मूल्यवृद्धि ६.५ प्रतिशत रहने उल्लेख छ ।

प्रतिव्यक्ति ऋण ३ हजार बढ्यो
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत फागुनसम्ममा यस्तो ऋण ९ खर्ब ७८ अर्ब ४४ करोड रुपैयाँ थियो । असारसम्ममा १० खर्ब ४७ अर्ब ९० करोड हुँदै हाल आएर ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।

यस आधारमा हालको २ करोड ९२ लाख जनसंख्यामा भाग लगाउने हो भने प्रतिव्यक्ति सार्वजनिक ऋण ३९ हजार ३३ रुपैयाँ पुगेको छ । गत वर्षको फागुनसम्ममा सार्वजनिक प्रतिव्यक्ति ऋण ३६ हजार थियो । आम सर्वसाधारणले तिरेको करबाट ऋणको साँवा व्याज भुक्तानी गर्नुपर्ने हुँदा सार्वजनिक ऋण प्रति नागरिकसँग तुलना गरेर हेरिन्छ । सौर्य दैनिक